सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान, बाहिर रास्वपाको प्रदर्शन (तस्बिर)

सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान, बाहिर रास्वपाको प्रदर्शन (तस्बिर)
तस्बिर : सलमान खान
सुन्नुहोस्

भैरहवा : सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा भैरहवामा आज पनि  राष्ट्रिय स्वतन्त्र पार्टीकाले प्रदर्शन गरेको छ। सहकारी ठगी र संगठित अपराधको कसुरमा कास्कीबाट रुपन्देही ल्याएर बयान थालिएपछि पार्टीले प्रदर्शन गरेको हो। 

सभापति लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइँदैछ। मंगलबार बयान लिँदै गर्दा साँझ भएपछि बुधबार बिहानदेखि पुनः बयान सुरु गरिएको हो।

वास्तविक सहकारी ठगको छानबिन गर, सहकारी पीडितको बचत फिर्ता गर भन्दै सहकारी पीडितलाई न्याय दे, प्रतिवेदन के भन्छ - ८७ अर्ब ले भन्छ लगायतका प्ले कार्डसहित रास्वपाका नेता, कार्यकर्ताले बुधबार प्रदर्शन गरेका हुन्।  

यता सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेको विरोधमा आन्दोनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध अदालतको सर्वोच्चमा अपहेलना मुद्दा चल्ने भएको छ। यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको निवेदन दर्ता गर्न मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले आदेश दिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा चरणमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, जनमासलाई उचाल्ने र आन्दोलन गरेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको भन्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए । nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.