सुजल डेरीले नयाँ उत्पादन बजारमा

सुजल डेरीले नयाँ उत्पादन बजारमा
सुन्नुहोस्

काठमाडौं : सुजल डेरीले नयाँ उत्पादन बजारमा ल्याएको छ। उसले डीलाइट डेरी ह्वीटनर बजारमा ल्याएको हो। गाई र भैंसीको शुद्ध  दूधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको उक्त उत्पादनले साधारण चियालाई पनि विशेष बनाउने कम्पनीको दाबी छ। 

१२ महिना अवधि भएको यो उत्पादन हिमालदेखि तराईका व्यस्त बजारसम्मका नेपालीहरूको भान्सासम्म पुगेको  कम्पनीको दावी छ। दूध उत्पादन सीमित हुने तर, चिया पिउन मन पराउने हिमाली जिल्लाहरू हुम्लालगायतका स्थानहरूमा समेत डिलाइट डेरी ह्वाइटनर त्यहाँको जीवनरेखा बनेको डेरीको दावी छ।

कम्पनीका अनुसार भाटभटेनी,सेलवेज,सेल्सबेरी र बिगमार्टजस्ता ठूला स्टोरहरूमा डिलाइट डेरी ह्वाइटनर सजिलै पाउन सकिन्छ। डिलाइट डेरी ह्वाइटनर दराज, ठूलो डटकम र स्मार्टजस्ता इ-कमर्स साइटहरूमा पनि उपलब्ध छ।

स्थानीय रुपमा उत्पादन भएको दूधलाई प्रशोधन गरेर देशको आयातमा निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेलिरहेको र नेपालको कृषि उद्योगको विकासमा टेवा दिइरहेको कम्पनीको दावी  छ। डिलाइट डेरी ह्वाइटनर मात्रै नभएर यो देशको आर्थिक क्रान्तिको अभिन्न हिस्सा बनेको कम्पनीले जनाएको छ।

कम्पनीले ४ सय ग्रामको मूल्य ४७० र ८ सय ग्रामको मूल्य ९ सय तोकेको छ। उम्लिरहेको चियामा २५ ग्राम डिलाइट डेरी ह्वाइटनर मिसाएर चियालाई झन् स्वादिलो बनाउन सकिने कम्पनीले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.