१० घन्टा बयानका क्रममा रवि लामिछानेलाई सोधियो ५० बढी प्रश्न

१० घन्टा बयानका क्रममा रवि लामिछानेलाई सोधियो ५० बढी प्रश्न

भैरहवा : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार करिब १० घन्टा बयान लिइएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा लामिछानेसँग दोस्रो दिन १० घन्टा बयान लिइएको हो।

जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलसहित न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूले लामिछानेसँग ब्यान लिएका थिए। स्रोतका अनुसार सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतसँग सम्बन्धित रहेर उनीहरूले लामिछानेसँग ५० भन्दा बढी प्रश्न सोधेका थिए। सबाल जवाफमा लामिछानेले आरोप अस्विकार गर्दै आएका छन्। 

सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो। लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.