उपनिर्वाचनका लागि राप्रपाले लगायो उम्मेदवारको टुंगो
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले केहीबाहेक रिक्त सबै स्थानको उम्मेदवारको टुंगो लगाएको हो।
राप्रपाले कोशी प्रदेशअन्तर्गत झापाको कन्काइ न.पा ६ मा नारायण प्रसाद निरौला, सुनसरीको गढी गापा ६ मा कविता कुमारी उराब, तेह्रथुमको लालीगुराँस नपा ८ रत्न बहादुर श्रीपाली र ओखलढुंगाको मोलुङ गा.पा ५ चन्द्रमणी दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
त्यस्तै मधेस प्रदेशअन्तर्गत सप्तरीको डाक्नेश्वर न.पा १ मा सतिस कुमार चौधरी र डाक्नेश्वर न.पा ४ मा राम कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै काठमाडौं महानगर-१६ मा श्यामकृष्ण श्रेष्ठ, दोलखा को गौरीशंकरको उपाध्यक्षमा मन कुमारी श्रेष्ठ, कीर्तिपुरको प्रमुखमा ध्रुव महर्जन, कीर्तिपुर न.पा.१ मा सुरेन्द्र उप्रेती, कीर्तिपुर न.पा.४ मा बिजेश बस्नेत र मकवानपुरको हेटौंडा उमनपा १२ मा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ।
त्यस्तै गुल्मीको मुसीकोट गा.पा १ मा ईश्वरी खाती, रोल्पाको रुन्तीगडी गा.पा ४ मा पहलबहादुर वली र कपीलबस्तुको सुद्धोदन १ मा इम्तीयाज अहमदलाई उम्मेदवार बनाएको छ।
त्यस्तै कालिकोटको तिलागुफा नपा ४ मा जुह्दबहादुर शाही र बाजुराको स्वामीकार्तीक खापर गापा उपाध्यक्षमा सुना देवी थापा (भोटे)लाई उम्मेदवार बनाएको छ। राप्रपाले रिक्त रहेको सबै पदमा उम्मेदवारी दिने र कसैसँग तालमेल नगर्ने निर्णयसमेत गरेको छ।