कोरला नाकामा चीनको सेलिब्रेसन

कोरला नाकामा चीनको सेलिब्रेसन
सुन्नुहोस्

जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उत्तरी कोरला नाकामा चीन पक्षले खुसीयाली स्वरुप बुधबार हर्ष उल्लासका साथ सेलिब्रेसन कार्यक्रम आयोजना गर्‍यो। नेपाल-चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाको आफ्नो भूमि लिग्जेमा खुसीयाली स्वरुप सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो।

कोभिड अघि बर्सेनि अल्पकालीन अन्तरदेशीय ब्यापार मेला सञ्चालन गर्दै आइरहेको चीनले गत वर्षको कात्तिक २७ गते औपचारिकरूपमा उपल्लो मुस्ताङका नागरिकका लागि नाका खुला गरेको थियो। चीन पक्षका स्थानीय जनप्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थितिमा नेपाल पक्षलाई सहभागी गराएर चीन पक्षले एक वर्षअघि नाकामा निकै तामझामका साथ  तसबाजी गरेर नाका खुल्ला गरेको थियो।

नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीन पक्षले आयोजना गरेको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए। नाकामा आयोजित सेलिब्रेसनमा चीन पक्षले विभिन्न सास्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।

उपल्लो मुस्ताङका लागि चीन पक्षले नाका खुल्ला गरेपनि चीन पक्षले भने अझै आयात निर्यातलाई सहज बनाउन नसकेको कतिपयको बुझाइ छ। चीन पक्षले आफ्नो उत्पादनको आयातमा कुनै बाधा अवरोध सिर्जना नगरेको भए पनि नेपाली पक्षले निर्यात गर्ने नेपाली उत्पादनका सामाग्रीमा कडाइ गरेको छ।

नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीनको भूमी कोरलामा सेलिबे्रसन कार्यक्रम आयोजना भएको र त्यसपछि ढुङ्वासेनमा पुगेर द्विपक्षीय बैठक बसेको प्रजिअ बिष्णुप्रसाद भुसालले जानकारी दिए। बैठकमा दुईबीच नाकामा भएका गतिविधि र भाबी कार्ययोजनाका विषयमा संक्षिप्त छलफल भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.