डेंगु संक्रमणको डर कहिलेसम्म ?

डेंगु संक्रमणको डर कहिलेसम्म ?
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डेंगु संक्रमणबाट यस वर्ष २२ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । मुलुकका ७६ जिल्लामा फैलिएको संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा हरेक वर्ष डेंगु संक्रमणको सकस झेलिरहनु पर्ने विडम्बना छ ।

 डेंगु संक्रमण गराउने लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि समयमै अपनाएको भए यो स्थिति आउने थिएन । लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाउँदा नियन्त्रण झन् चुनौतीपूर्ण बन्दै गएको हो । विज्ञहरूका अनुसार फगिङले घरबाहिर रहेका लामखुट्टेलाई मात्र मार्न सक्छ । फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले फगिङ प्रभावकारी नहुने विज्ञहरूको सुझाव छ । एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा पाँच सयदेखि एक हजार संक्रमित फुल पार्छ । यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने हजारौं लामखुट्टे उत्पादन हुन्छन् । 

 स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा रहेको छ । त्यसैले पनि केन्द्रीय सरकारबाट सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै प्रभावकारी अभियान चलाइएको छैन । स्थानीय, प्रदेशमात्र होइन संघीय सरकार पनि खोज र नष्ट गर्ने अभियानलाई निरन्तरता दिन नसक्दा डेंगु नियन्त्रण हुन नसकेको हो । डेंगुको बढ््दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने जरुरी छ । लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घरवरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनु पर्छ । 

एडिस एजिप्टाई र एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । त्यसैले डेंगु नियन्त्रण विधि भनेकै रोग फैलाउने लामखुट्टे खोजेर नष्ट गर्ने र पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्नेलगायतका उपाय नै हो । सफा पानीमा बस्ने लामखुट्टेले टोक्दा यो रोग लाग्ने भएकाले सफा पानी जम्न नदिनु नै सबैभन्दा राम्रो कार्य हो । डेंगुको डर कहिलेसम्म पालिराख्ने ? जबकि बाह्रैमहिना संक्रमणको जोखिम देखिएको छ । त्यसैले सरकारका साथै सरोकारवाला, आमजनसमुदाय सबै मिलेर लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.