गण्डकी प्रदेशकी नेपाली कांग्रेसकी सांसद विमला गौचनको निधन

गण्डकी प्रदेशकी नेपाली कांग्रेसकी सांसद विमला गौचनको निधन
फाइल तस्बिर ।

काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार उनी अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको थियो। डेंगी संक्रमित उनलाई राति हृदयघात भएको बताइएको छ।

गौचनको शव अस्पतालमै राखिएको उनले बताए । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए।  

यस अगाडि दामोदर कुण्ड गाउँपालिकाको दामोदर कुण्डको अवलोकनका लागि गएको समयमा पनि उनी बिरामी परेपछि नेपाली सेनाले उद्धार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.