काँकडभिट्टाबाट किन पक्राउ परे बंगलादेशका दुई नागरिक ?

काँकडभिट्टाबाट किन पक्राउ परे बंगलादेशका दुई नागरिक ?
सुन्नुहोस्

झापा : बंगलादेशका २ जना नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिचय खुल्ने कुनै कागतपत्र  नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले जानकारी दिए। उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ । पछिल्लो समयमा उक्त नाकाबाट बंगलादेशका नागरिक नेपाल छिर्ने प्रयास गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.