कर दिवसमा ७७ पिन्ट रगत संकलन
काठमाडौं : राष्ट्रिय कर दिवस,२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं उपत्यका डेंगु संक्रमितहरुको संख्या बढ्दै गएपछि स्वास्थ्य संस्थामा रगत अभाव भएका कारण बिरामीको उपचारलाई सहज बनाउन रक्तदान कार्यक्रम गरिएको आन्तरिक राजश्व कार्यालय बानेश्वरका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।
समाज काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, रेडक्रससँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा उपत्यकाका आर्थिक राजश्व कार्यालयका कर्मचारी, काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३१ का कर्मचारी, अर्थमन्त्रालयका कर्मचारी, आन्तरिक राजस्व विभागका कर्मचारीलगायतले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलको समेत सहभागिता रहेको थियो । रक्तदातालाई प्रमुख जिल्ला अधिकारी आचार्य र उपमहानिर्देशक पोखरेलले प्रमाणपत्र वितरण गरेका थिए ।