रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।  सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा अदालतलाई नै प्रभाव पार्नेगरी आन्दोलन गरेको दावीसहित अदालतमा रिट दायर भएको हो।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी हुनेगरी आन्दोलन तथा अभिव्यक्ति दिएको दावी गर्दै रिट दायर गरेका हुन्।

रिटमा मंसिर तीन गतेलाई पेशी तोकिएको छ।

यसअघि उनले दिएको रिटमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।  प्रशासनको दरपीठ गर्ने निर्णयविरुद्ध अधिवक्ता भट्टराईले पुन: रिट दायर गरेका थिए। निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले,प्रवक्ता मनिष झा,विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्।  विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.