भारतीय क्रिकेट स्टार शिखर धवन कर्णालीबाट एनपीएल खेल्ने

भारतीय क्रिकेट स्टार शिखर धवन कर्णालीबाट एनपीएल खेल्ने
सुन्नुहोस्

काठमाडौं : भारतीय क्रिकेटका स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। कर्णाली याक्सबाट उनले एनपीएल खेल्ने भएका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धवनसँग कर्णालीले भारतमै सम्झौता गरेको तस्बिर बिहीबार सार्वजनिक गरेको हो।

सम्झौतापछि शिखरले भिडियो सन्देशमार्फत आफू एनपीएल खेल्न आउन लागेको जानकारीसमेत गराएका छन्। 'नमस्ते नेपाल। नेपाल प्रिमियर खेल्न म नेपाल आउँदैछु। तपाइँहरूसँग साक्षत्कार गर्न, तपाइँहरूसँग कुरा गर्न आउँदैछु म कर्णाली याक्सको तर्फबाट,' भिडियो सन्देशमा उनले भनेका छन्।

उनले भारतबाट क्रिकेटको तीनवटै फर्म्याट खेलिसकेका छन्। उनले भारतका लागि ३४ टेस्ट, १६७ ओडीआई र ६८ टी-२०आइ खेलेका छन्। आइपीएलमा पनि उनले दिल्ली, मुम्बई, हैदरावाद र पञ्जाबबाट खेलिसकेका छन्। 

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन्। कर्णालीको कोचमा ज्ञानेन्द्र मल्ल रहेका छन्। एनपीएल मंसिर १५ गतेदेखि टीयु मैदानमा सुरु हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.