रुपन्देहीमा रवि लामिछानेसँग २३ घन्टा बयान, भोलि पोखरा लैजाने

रुपन्देहीमा रवि लामिछानेसँग २३ घन्टा बयान, भोलि पोखरा लैजाने
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी रकम ठगीको आरोपमा रुपन्देहीमा तीन दिनदेखि लिइँदै आएको बयान बिहीबार सकिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही ल्याइएको थियो। 

सुप्रिम बचता तथा ऋण सहकारी संस्थाको रकम ठगीको आरोमा लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले जानकारी दिए। 

उनले उक्त समयावधिमा लामिछानेसँग कसुरसँग सम्बन्धित ७४ वटा प्रश्न गरिएको बताए। जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधीवक्ता र प्रहरी अधिकारीहरूको उपस्थिति बिहीबारमात्रै लामिछानेसँग साढे आठ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

सुप्रिम सहकारी र त्यसको अपचलन भएको रकमसँग सम्बन्धित रहेर लामिछानसँग प्रशनहरु सोधिएको थियो। गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले आफूमाथि लागेको आरोप अस्विकार गर्दै आफू सहकारीको सदस्य/ऋणी नरहेकाले सहकारीसँग सम्बन्धित सबै विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहीले फसाइएको बयान दिएको एक प्रहरी अधिकारीले बताए।
 
बिहीबार लामिछानेको बयान सकिए पनि पोखरा पठाउन ढिलाइ भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको र शुक्रबार बिहान पोखरा पठाइने रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
 
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। त्यसयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो। सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीको रकम ठगीको अनुसन्धानका लागि रुपन्देही ल्याएर बयान लिन सुरु गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.