दार्चुला जीप दुर्घटना अपडेट : ७ जनाको मृत्यु, ६ घाइते

दार्चुला जीप दुर्घटना अपडेट : ७ जनाको मृत्यु, ६ घाइते
सुन्नुहोस्

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जिव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी  प्रकाश दाहालले बताए ।

मृतक मध्ये ४ जनाको घटनास्थलमै तथा ३ जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको बताइएको छ । मृतक ७ जनामध्ये १ जनाको सनाखत हुन सकेको छैन ।  

शैल्यशिखर नगरपालिका -६ को बगजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको जीप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

 
घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको दाहालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.