कात्तिक नाचको नवौं दिन : नरसिंह अवतारको गाथा (तस्बिरसहित)
ललितपुर : ललितपुरको लोकप्रसिद्ध परम्परागत तथा ऐतिहासिक कात्तिक नाचको नवौं दिन नरसिंह अवतार (हिरण्यकश्यपु बध)को गाथा प्रस्तुत गरिएको थियो। ललितपुरको पाटन दरबारस्थित डबलीमा बिहीबार राती उक्त गाथा प्रस्तुत गरिएको हो।
कात्तिक शुक्ल प्रतिपदादेखि सुरु हुने यो नाच मल्लराजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन्। यो नाच वि.सं. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेको मानिन्छ।
यो नाच ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको आयोजना हुन्छ। देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू गरिन्छ। कुनै समय महिनाभरि देखाइने हुँदा यसलाई कार्तिक नाच भनिएको हो।