नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू

नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू
सुन्नुहोस्

काठमाडौं : नेपालबाट बंगलादेशमा आजदेखि बिजुली निर्यात सुरू भएको छ। शुक्रबार सिंहदरबारबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र भारत तथा बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा बंगलादेशमा विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । यसअघि भएको त्रिदेशीय सम्झौता अनुसार शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बङ्गलादेश निर्यात गरिनेछ ।

बंगलादेश विद्युत निर्यात शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्काले बिजुली बङ्गलादेश निर्यात सुरु भएसँगै दक्षिण एशियामा नै विधुत बिक्री गर्ने लक्ष्यमा अघि बढेको बताए । उनले नेपालको आर्थिक विकासमा समेत सहयोग गर्ने जिकिर गरे।

विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराएको छ भने मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुगेको हो ।

प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने यसअघि सम्झौता गरेको थियो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

बंगलादेशमा निर्यात हुने बिजुलीको मिटर भारतको मुजफ्फरपुरमा रहनेछ। त्यही मिटरका आधारमा प्राधिकरणले पैसा पाउनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.