जनशक्ति व्यवस्थापनमा नयाँ युगको सुरुवात
व्यवस्थापनमा फड्को मार्न जन्मियो ‘आर्कबो टेक्नोलोजिज’
काठमाडौं : मुलुकमा चार लाखभन्दा धेरै कम्पनी सञ्चालित छन्। तर, ९० प्रतिशतभन्दा धेरै कम्पनीले अझै पनि पूर्ण रूपमा प्रविधिको उपयोग गर्न सकेका छैनन्। अर्थात्, कम्पनीका संगठनलाई ‘अटोमेसनमा’ ल्याउन सकेका छैनन्। जसका कारण कम्पनीको वृत्ति विकासमा प्रत्यक्ष प्रभाव परेको छ। तर, अब स्वदेशमै चार जना युवाले कम्पनी हाँक्ने जनशक्तिको विकासका लागि अत्याधुनिक सफ्टवेयरको विकास गरेका छन्। ‘आर्कबो टेक्नोलोजिज’ नामक एक स्टार्टअप कम्पनी निर्माण गरेका छन्। जसले कुनै पनि कम्पनीको मानव संसाधन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनेछ। यसबाट मुलुकको एचआर (मानव संसाधन) क्षेत्रमा फडको मार्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
आर्कबो टेक्नोलोजिजका संस्थापकमा अध्यक्ष भूषणराज गिरी, सीईओ रवि न्यौपाने, सीटीओ क्षितिज न्यौपाने र अनुसन्धान र विकास निर्देशक ओमप्रकाश भण्डारी छन्। यी युवाले मुलुकको व्यावसायिक वातावरण र आवश्यकतालाई बुझ्दै, एचआर प्रणालीलाई डिजिटल र स्वचालित बनाउनका लागि ‘स्ट्राटेजिक पिपुल डेभलपमेन्ट सिस्टम’ को विकास गरेका छन्।
संस्थापकको अनुभव र दक्षता आर्कबो टेक्नोलोजिजका संस्थापकहरूको ठोस पेसागत अनुभवले नै यस कम्पनीलाई एक विशिष्टता दिएको छ। संस्थाका अध्यक्ष गिरीलाई जनशक्ति व्यवस्थापन तथा व्यावसायिक विकासमा १५ वर्षभन्दा बढीको अनुभव छ। यस्तै, सफ्टवेयर विकास र टेक्नोलोजी इन्फ्रास्ट्रक्चरमा कुशलता भएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) न्यौपानेसँग १३ वर्षभन्दा बढीको अनुभव छ। यसैगरी अर्का संस्थापकहरू प्रमुख प्रविधि अधिकृत (सीटीओ) क्षितिज न्यौपानेसँग ‘डेभलपमेन्ट, अपरेसन सिस्टम सुरक्षा’ क्षेत्रमा र अनुसन्धान र विकास निर्देशक ओमप्रकाश भण्डारीसँग ‘इन्टरप्राइज एप्लिकेसन डेभलपमेन्ट’मा ९–९ वर्षभन्दा बढीको अनुभव प्राप्त छ। चारैजना संस्थापकहरूमा नेपालका हरेक क्षेत्रका कम्पनीहरूसँग सहकार्य गरेको अनुभव छ।
एसएमईको कर्मचारीलाई व्यवस्थापन गर्ने आर्कबो टेक्नोलोजिज
आर्कबो टेक्नोलोजिजको मुख्य उद्देश्य नेपालका साना, मझौला र ठूला व्यवसायहरूलाई एक प्रभावकारी र स्वचालित एचआर प्रणालीमार्फत आफ्ना कर्मचारी व्यवस्थापनलाई अझ सरल र परिष्कृत बनाउन सहयोग पु¥याउनु हो। कम्पनीका संस्थापक अध्यक्ष गिरीका अनुसार, मुलुकमा एचआर व्यवस्थापनमा प्रविधिको प्रयोग कम छ। ‘हाम्रो उद्देश्य भनेको नेपालको व्यवसायलाई डिजिटल एचआर प्रणालीसँग जोडेर उनीहरूको कार्यसम्पादन, जनशक्ति विकास र कर्मचारी सन्तुष्टिमा गुणात्मक सुधार गर्नु हो,’ उनले भने।
कुनै पनि कम्पनीका संगठनलाई अटोमेसनमा ल्याउन सके कम्पनीको वृत्ति विकासमा प्रभाव पर्नेछ। कम्पनीहरूलाई आवश्यक प्रविधि प्रदान गर्न सके त्यसले स्वदेशमै धेरै मात्रामा रोजगारी सिर्जना हुने र मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउनेछ। यी विषयले नै आफूलाई यस्ता किसिमका सफ्टवेयरहरूको विकास गर्न प्रेरित गरेको अध्यक्ष गिरी बताउँछन्। कम्पनीका सीईओ रबि न्यौपाने भन्छन्, ‘हाम्रो सफ्टवेयरले कर्मचारीहरूको सशक्तीकरण, मूल्यांकन, तालिम र डेभलपमेन्टमा सहजता ल्याउँछ। हामी विश्वास गर्छौं कि आर्कबो टेक्नोलोजिजका सफ्टवेयरले नेपाली व्यवसायलाई एचआर व्यवस्थापनको क्षेत्रमा एउटा नयाँ दिशा दिन सक्छ।’
न्यौपानेका अनुसार एचआरको सिद्धान्त ‘राइट पर्सन, राइट प्लेस इन् राइट टाइम’ को वास्तविक अभ्यास नेपालमा भइसकेको छैन। धेरै संस्थाहरूले कर्मचारी व्यवस्थापनमा खासै सिद्धान्तअनुसार काम गर्न सकेका छैनन्।
आर्कबो नै किन ? कम्पनीका सीईओ न्यौपाने भन्छन्, ‘आर्कबो एक परिपूर्ण र परिस्कृत समाधान हो, जसले लामो समयदेखि बजारलाई नजिकबाट अध्ययन गरेर नेपाली माटो सुहाउँदो विकल्प तयार गरेको छ। नेपालमा नै पहिलो पटक यस्ता प्रकारको समाधान, र त्यो पनि ‘एआई इन्टिग्रेट’ रहेको कारण आर्कबो हरेक प्रकारका संगठनहरूलाई समाधान प्रदान गर्न सक्षम भएकाले यसले अरू सबैभन्दा फरक र नवीनतम भएको संस्थापकको दाबी छ। अहिले पनि नेपालमा ठूला र धेरै कर्मचारी भएका कम्पनीहरूलाई विदेशी कम्पनीहरूको सफ्टवेयरमा भर पर्नु परेको अवस्था छ। नेपालमा भएका सफ्टवेयरहरूले अन्तर्राष्ट्रिय स्तरका समाधानहरू अझै राम्रोसँग प्रदान गर्न सकिरहेका छैनन्। त्यसैले, आर्कबोले अब यस्ता किसिमका सफ्टवेयरहरू नेपालमै निर्माण गरेर विश्वस्तरीय समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।
संस्थापकहरूमा भएको लामो अनुभव र यसमा प्रयोग भएका नवीनतम प्रविधि तथा उच्चस्तरीय सुरक्षा प्रणालीका कारण, आर्कबोले विकास गरेको प्रत्येक उत्पादन विश्वस्तरीय छ। कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीले सहजै प्रयोगमा ल्याउन सक्ने क्षमता राख्दछ। ‘साथै, नेपालीमा पहिलो पटक ‘इन्टरप्राइज एप्लिकेसन डेभलपमेन्ट’ मा एआई इन्टिग्रेट गरेर यसको विकास गरिएको छ। जसको कारण कुनै पनि कम्पनीलाई सिस्टम अपरेसनमा मानवीय सहायता कमभन्दा कम आवश्यक पर्नेछ,’ सीटीओ न्यौपानेले भने। यसैगरी, अनुसन्धान र विकास निर्देशक भण्डारी भन्छन्, ‘सिस्टम डेभलप गर्दा सफ्टवेयर डेभलपमेन्ट मेथोडोलोजीहरूको सम्पूर्ण प्रक्रिया पूरा गरिएको हुँदा, सिस्टम पूर्ण रूपमा विकसित भएको छ र कमभन्दा कम समस्या देखा पर्छन्, जसको कारण बिनाझन्झट ढुक्क भएर कुनै रुकोवट बिनासिस्टम चलाउन सकिन्छ।’ यही कामका लागि आर्कबोले २५ फुल टाइम र १० जना पार्टटाइममा रोजगारीको अवसर दिएको छ। अझ दई वर्ष भित्रसम्ममा एक सय जनालाई रोजगार दिने लक्ष्य राखेको छ। यस्तै, पाँच वर्षभित्र पाँच हजारभन्दा बढी लघु, साना तथा मझौला उद्यमशील (एसएमई)सम्म आफ्ना सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष गिरी बताउँछन्। डिजिटल युगमा अत्याधुनिक प्रविधिको प्रयोगबाट क्रान्ति ल्याउने लक्ष्य लिइएको छ।
उत्पादन र सेवाहरू
आर्कबो टेक्नोलोजिजका मुख्य उत्पादनहरूमा ‘आर्कबो स्ट्राटेजिज पिपुल डेभलपमेन्ट सिस्टम’ हो। जसमा अनलाइन एक्जामिनेसन, ट्रेनिङ म्यानेजमेन्ट, लर्निङ म्यानेजमेनट, ट्रेनिङ निड आइडेन्टिफिकेसन (टीएनआई), बजेटिङ, कम्पिटेन्सी म्यापिङ, सक्सेसन प्लानिङ, परफरमेन्स इभ्यालुएसनजस्ता प्रभावकारी उपकरणहरू समावेश छन्।
यसका साथै, कम्पनीले ‘आर्कबो अफिस अटोमेसन सिस्टम’ पनि उपलब्ध गराउँछ। जसले फाइल म्यानेजमेन्ट, कर्पोरेट च्याट र भिडियो कन्फेरेन्स प्लेटफर्म, भल्ट, इमेल, प्रोजेक्ट र टास्क म्यानेजमेन्ट सिस्टम प्रदान गर्छ। यी सबै सेवाहरूले कम्पनीहरूलाई प्रशासनिक र जनशक्ति व्यवस्थापन कार्यहरूमा डिजिटल परिवर्तन गर्न मद्दत पु¥याइरहेका छन्। कम्पनीले आवश्यकताअनुसार कस्टम एप्लिकेसन डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, र वेबसाइट डेभलपमेन्टका कामहरू पनि गर्दै आइरहेको छ।
अहिले कम्पनीले प्रदान गर्दै आएको उत्पादनहरू नेपालका प्रमुख निजी कम्पनीहरू, समूह कम्पनीहरू, बैंकहरू, बिमा कम्पनीहरू, वित्तीय संस्था, विद्यालय र कलेजहरू, अस्पतालहरू, सरकारी संस्थाहरू, आईटी कम्पनीहरू र भेन्चर क्यापिटल कम्पनीहरूले पनि प्रयोग गर्दै आएका छन्।
कसरी बन्दै छ आर्कबो स्ट्राटेजी पिपुल डेभलपमेन्ट सिस्टम भन्ने प्रश्नमा अध्यक्ष गिरी भन्छन्, ‘संस्थापकहरूको विभिन्न क्षेत्रका अनुभवहरूको समृद्ध मि श्रण छ। संस्थापकहरूले दशकौंको अनुभवलाई ध्यानमा राख्दै प्रणालीको विकास गर्दा, अनुभवलाई दस्तावेजमा उतारेर, प्रोटोटाइप तयार गरी विभिन्न उद्योगका विशेषज्ञहरूसँग (बैंक, बिमा, समूह कम्पनीहरू, आईएसपी, आईटी कम्पनीहरू, एचआर विशेषज्ञ) निरन्तर परामर्श र सुझावहरू लिएर यसको विकास गरिएको हो। यस प्रक्रियाले प्रणालीलाई परिपक्व र प्रभावकारी बनाउन मद्दत पु¥याएको छ। जसले कुनै पनि कम्पनीलाई अड्चनबिना प्रयोग गर्न सक्षम बनाउँछ।
ग्लोबल पहुँच र रणनीतिक साझेदारी
आर्कबो टेक्नोलोजिजले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पाइला राख्न सफल भएको छ। हालै, स्पेनको एक लिडिंग ई–कमर्स सिस्टम विकासका लागि समझदारीमा हस्ताक्षर गरी अन्तर्राष्ट्रिय परियोजनामा आफ्नो उपस्थिति जनाएको छ। यसका साथै, जापान, अस्ट्रेलिया, अमेरिका, बेलायतमा पनि आफ्ना सेवाहरूको विस्तारका लागि लगभग सबै किसिमका तयारीहरू पूरा भएको सीईओ न्यौपानेले जानकारी दिए। यसका साथै, आर्कबो टेक्नोलोजिज अन्नपूर्ण मिडिया नेटवर्कको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानअन्तर्गत सामेल भएको छ। जसबाट कम्पनीले व्यावसायिक विस्तार, परामर्श, ब्रान्डिङ र प्रवद्र्धनमा थप सहयोगको अपेक्षा राखेको छ।
आर्कबोले आफ्नो पहिलो भर्जन (एलएमएस) सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसलाई नेपालबाहेक विदेशी बजारमा पनि विस्तार गर्ने उद्देश्यले १० संस्थामा युजर एसेप्टेन्स टेस्ट (यूएटी) गरी अफिसियल लन्च गर्ने योजना बनाएको छ। हाल यस सफ्टवेयरको परीक्षण (वेटा भर्सन) दियालो टेक्नोलोजिजमा सुरु भइसकेको छ भने केही प्रमुख बैंक, होटल, र आईएसपीहरूमा पनि परीक्षण भइरहेको छ।
नेपालमा एचआर क्षेत्रमा डिजिटल युगको सुरुवात
आर्कबो टेक्नोलोजिजको कदमले नेपाली व्यवसाय र संगठनहरूलाई प्रविधिको मार्गमा अघि बढ्न प्रेरित गरेको छ। यसले व्यवसायहरूको कार्यसम्पादन र जनशक्ति व्यवस्थापन प्रक्रियालाई डिजिटल र स्वचालित बनाउँछ। जसले उत्पादकत्वमा वृद्धि र समयको बचतमा ठूलो योगदान पु¥याउँछ। कम्पनीको अभिनव सोच र निरन्तरको प्रयासले नेपालमा एचआर क्षेत्रको डिजिटल युगको सुरुवात गर्नेछ। भविष्यमा, आर्कबो टेक्नोलोजिजको समाधानले न केवल नेपाली बजारमा, अन्तर्राष्ट्रिय स्तरमा पनि महत्वपूर्ण स्थान बनाउन सक्छ। यसले अभिनव पथमा आर्कबो टेक्नोलोजिजलाई सरोकारवालाहरू सफलताको शुभकामना दिन्छन्।