जनताले चाहे संसदीय प्रणालीको विकल्पको बारेमा छलफल हुन सक्छ : उपप्रधानमन्त्री सिंह

जनताले चाहे संसदीय प्रणालीको विकल्पको बारेमा छलफल हुन सक्छ : उपप्रधानमन्त्री सिंह
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले चाहे संसदीय प्रणालीको विकल्पको बारेमा छलफल हुन सक्ने बताएका छन्।  

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले मुलुकका लागि अहिलेकै संसदीय प्रणाली उचित रहे पनि जनताले चाहे अन्य विकल्पमासमेत छलफल हुन सक्ने बताएका हुन्।

उनले संविधान सभाकै बेला प्रत्यक्ष निर्वाचित कार्यकारी बारे व्यापक छलफल भएकोले प्रत्यक्ष निर्वाचित प्रणाली आवश्यक नभएको बताए।

फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले मन्त्रालय अन्तर्गत अत्यन्त ढिलासुस्तीमा भइरहेको विकास निर्माण बारे परिमार्जन गर्न मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए।

एक प्रश्नको जवाफमा सिंहले बहुदलीय व्यवस्था र त्यसपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रका बेला धेरै कामहरू भए पनि यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.