सरकार छोडेकोमा कुनै चिन्ता छैन, अहिले 'कम्फर्ट' महशुस भइरहेको छ

सरकार छोडेकोमा कुनै चिन्ता छैन, अहिले 'कम्फर्ट' महशुस भइरहेको छ
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरू सजक हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले विगतको जस्तो संविधान मिच्ने वा संसद् विघटन गर्ने कसरतबाट सजक हुनुपर्ने बताएका हुन्।

 राजावादीहरूले जनतामा फैलिएको असन्तुष्टिलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमनतर्फ लैजाने प्रयास पनि सफल हुन नदिने उनले बताए।  प्रचण्डले गिरिजाप्रसाद कोइरालाले मृत्युशैयामा हुँदै गर्दा आफूलाई देशको जिम्मा दिएको सधैं स्मरण गर्ने धारणा राखे । उनले अहिले बाघको छालामा स्यालको रजाईं हुन खोजेको हो कि भन्ने आभाष हुने गरेपनि त्यसलाई सफल हुन नदिने बताए।

उनले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने बताए। आफू मिठा कुरामा चिप्लिदा मुलुकको राजनीतिक अवस्था जटिल भएको तर्फ आफू जानकार रहेको उनको भनाइ छ । उनले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्र्फट महशुस गरेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.