रास्वपाले कानुन विपरीत नियोजितरूपमै गतिविधि गरिरहेको छ : एमाले

रास्वपाले कानुन विपरीत नियोजितरूपमै गतिविधि गरिरहेको छ : एमाले
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कानुनी राज्यको उपहास गरिरहेको बताएको छ। सहकारी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेको विषयलाई लिएर रास्वपाले नियोजित रूपमै गतिविधि गरिरहेको एमालेको आरोप छ।

'रवि लामिछानेको पक्राउलाई लिएर जस्तो खालको गतिविधि भइरहेका छन्, त्यो कानुनी राजको दृष्टिकोणले उपयुक्त होइन। यो कुरा जोकोहीले पनि भन्न सक्छन्,' एमाले महासचिव शंकर पोखरेलले भने, 'आवेगमा कहिलेकाहीँ हुनसक्छ। तर, निरन्तर रूपमा योजना बनाएर गतिविधि गर्नु उचित कुरा होइन।' 

सहकारीसम्बन्धी संसदीय समितिले गोरखा मिडियामा आएको सहकारीको रकम अपचलनमा रवि लामिछानेको पनि भूमिका रहेको भन्दै छानबिन गर्न सिफारिस गरेको थियो। त्यसलगत्तै कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। लामिछानेलाई हिरासतमा राखेर कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। यसबीचमा बुटवलको सुप्रिम सहकारीको रकम अपलचन विषयमा रुपन्देही प्रहरीले लामिछानेसँग तीन दिन लगाएर बयान लिएको थियो। 

त्यस्तै महासचिव पोखरेलले सामाजिक सञ्जालको दुरुपयोग गरेर अराजकता फैलाउने काम भइरहेको बताए। त्यसले नेपाली समाजलाई दिशाहीन बनाउने प्रयत्न भइरहेको उनको भनाइ छ। 'सामाजिक सञ्जालमा जस्तो भाषा, अभिव्यक्ति र सामग्रीहरू आइरहेका छन्। तथ्य र जवाफदेही बिनै अराजकता मचाउने काम भइरहेको छ। त्यसले नेपाल समाजलाई दिशाहीन बनाउने कोसिस भइरहेको छ,' उनले भने। महासचिव पोखरेलले प्रविधिको दुरुपयोग भइरहेकोबारे आम सञ्चारमाध्यमले पनि जनतालाई जागरूक बनाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.