सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अधिकृत साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए। बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई ७८ हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मु्द्दा दायर गरेको अख्तियारले जनाएको छ। अख्तियारले उनीविरुद्ध ७८ हजार बिगो मागसहित सजाय माग गरेको छ।