जनमत निर्माण गर्न एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दै

जनमत निर्माण गर्न एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दै
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते जागरण सभा गर्ने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर कमिटीको संयुक्त आयोजनामा एमालेले भृकुटीमण्डपमा जागरण सभा गर्ने भएको हो।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको पार्टी संयोजक राजन भट्टराईले बताए। 'कानुनको पक्षमा जनमत निर्माण गर्न, सरकारको काम कारबाहीबारे जनतालाई स्पष्ट पार्न, संरचनागत सुधारको पक्षलाई मजबुत बनाउन र स्थानीय तह उपनिर्वाचनका लागि जनमत निर्माण गर्न जागरण सभा आयोजना गर्न लागिएको हो,' उनले भने।

उनले साढे ११ बजे भद्रकालीबाट सभा सुरु हुने ट्राफिकलाई असर नपार्नेगरी कोसिस गर्ने बताए। उनका अनुसार भृकुटीमण्डपमा जागरण सभा आयोजना हुनेछ।

त्यस्तै महासचिव पोखरेलले सत्तारुढ दल एमाले रक्षात्मक भन्दा पनि आक्रामक भएको स्पष्ट पारे। उनले सत्तारुढ दलले कुनै सभा आयोजना गर्नै नहुने भन्ने नरहेको बताए। 'जनताबाट निर्वाचित प्रतिनिधिले सरकार बन्ने हो। अनि सरकारले जनतालाई जानकारी गराउने परम्परा पनि छ। प्रधानमन्त्रीले नै निर्वाचनको अगुवाइ गरिरहेको उदाहरण भारतमा पनि हेर्न सकिन्छ। जनतालाई जागरूक बनाउन राज्य र सत्तारुढ दलको पनि दायित्व हो,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.