मुद्दा व्यवस्थापनमा 'अब्बल' बन्दै विशेष अदालत

मुद्दा व्यवस्थापनमा 'अब्बल' बन्दै विशेष अदालत

काठमाडौं : विशेष अदालत कार्य सम्पादनमा अब्बल बन्दै गएको छ।  न्यायाधीश टेक नारायण कुँवरले विशेष अदालतको अध्यक्षको जिम्मेवारी सम्हालेपछि मुद्दा व्यवस्थापन प्रणालीमा सुधार आएको हो। कुँवर  विशेष अदालतको अध्यक्षमा नियुक्त हुँदा अदालतमा ३२८ थान मुद्दाको लगत रहेको थियो। अब विशेषमा फैसला हुन ५९ मुद्दा मात्रै छन्।  तीमध्ये १२ थान ठूला तथा महत्वपूर्ण  मुद्दाका रुपमा  छन्। न्यायाधीश कुँवरले  २०८० मंसिर ५ गते विशेष अदालतको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनको टीमले हरेक दिन दुईवटा इजलासबाट मुद्दामा नियमित सुनुवाइ गर्दै आएको छ।

अदालतको नेतृत्व सम्हाले यता अध्यक्ष कुँवर नेतृत्वको टीमले  मुद्दा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन दत्तचित्त भएर लागेको अदालतका उपरजिस्ट्रार  एवं प्रवक्ता गेहेन्द्रराज रेग्मीले जानकारी दिए। उनले न्याय सम्पादनलाई छिटोछरितो,कम खर्चिलो एवं प्रभावकारी बनाइ सबैका लागि न्याय सुनिश्चित गर्न विशेष अदालतले निरन्तर काम गरिरहेको बताए। 'अदालतलाई सूचना प्रविधिमैत्री बनाइ सेवाग्राहीलाई न्यायमा पहुँच स्थापित गर्न लागिपरेका छौं,'उपरजिस्ट्रार रेग्मीले अन्नपूर्णसँग भने,'जसले गर्दा मुद्दा दर्ता भएको ६ महिनाभित्र फैसला गर्न सफल भएका छौं।'

विशेषमा अहिले ६ जना न्यायाधीशको टीम छ। अध्यक्ष  कुँवरको नेतृत्वमा न्यायाधीशहरू डा.खुसीप्रसाद थारु,तेजनारायण सिंह राई,रामबहादुर थापा,मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा छन्। 

विशेष अदालतको इतिहासमै पहिलो पटक गत आर्थिक वर्ष २०८०/०८१ मा ८८ प्रतिशत अर्थात् ५७५ थान मुद्दामध्ये ५०६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको छ।

विशेष अदालत ऐन २०५९ को दफा १६ मा ६ महिनाभित्र मुद्दाको कारवाही र किनारा गर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अध्यक्ष कुँवरको टीमले अदालतबाट ६ महिनाभित्र मुद्दाको अंग पुर्‍याइ उक्त अवधिभित्र मुद्दाको फर्छ्यौट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

विशेषले न्याय सेवालाई थप प्रभावकारी बनाउन ८ वटा बुँदालाई  आगामी दिनको कार्यदिशामा राखेको छ। अदालतलाई स्मार्ट कोर्ट बनाउने उद्देश्य पूरा गर्ने, न्याय सम्पादनको क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने,अदालत व्यवस्थापनलाई ISO 9001 Certification लिने उद्देश्यले काम गर्ने, सेवाग्राहीलाई न्यायमा पहुँचका कुनै पनि सुविधामा कमी नगर्ने, कानुनको म्यादभित्र मुद्दा फर्छ्यौट गर्ने, सरोकारवालासँग निरन्तर अन्तरक्रिया गर्ने र दक्षता अभिवृद्धि गर्न कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्ने विषयलाई कार्यदिशामा समेटेको छ।

null

विशेष अदालतको इतिहासमै पहिलो पटक गत आर्थिक वर्ष २०८०/०८१ मा ८८ प्रतिशत अर्थात् ५७५ थान मुद्दामध्ये ५०६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको छ। २०८१ को साउनदेखि असोजसम्म ५९ थान मुद्दा विचाराधीन अवस्थामा छन्।  गत आर्थिक वर्ष २०८०/०८१ बाट जिम्मेवारी सरी आएका ६९ थान समेत गरी असोज मसान्तसम्म गरी जम्मा लगत ९७ कायम भएकोमा ३५ थान मुद्दाको फैसला भइसकेको छ।

२०८० मंसिर १८ गतेदेखि २०८१ असोजसम्म २३ थान चर्चित तथा महत्वपूर्ण फैसला भएका छन्। तीमध्ये १६ थान फैसलामा ठहर भएको छ। 

गत आर्थिक वर्ष २०८०/०८१ मा ५७५ थान मुद्दाको लगत कायम भएकोमा ५०६ थान फर्छ्यौट गरिसकेको छ। जम्मा लगतको ८८ प्रतिशत र वार्षिक फर्छ्यौट लक्ष्यको ११४.२२ प्रतिशत मुद्दा फर्छ्यौट भएको विशेष अदालतको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०८०/०८१ मा अदालतमा विचाराधीन मुद्दाको अवधिगत अवस्था हेर्दा ६ महिना नाघेका सबै मुद्दा फर्छ्यौट भएका छन्। सोही आर्थिक वर्षमा जम्मा लगत ५७५ मध्ये २ वर्ष नाघेका १९९, १८ महिनादेखि २ वर्षसम्मका ६२ थान ,१ वर्षदेखि १८ महिनाभित्रका  ९८ थान, छ महिनादेखि १ वर्षसम्मका ८६ थान र ६ महिनाभित्रका ६१ थान मुद्दा फर्छ्यौट भएका हुन्।

यसैगरी २०८० मंसिर १८ गतेदेखि २०८१ असोजसम्म २३ थान चर्चित तथा महत्वपूर्ण फैसला भएका छन्। तीमध्ये १६ थान फैसलामा ठहर भएको छ। 

२०८० को  माघमा १,फागुनमा २ र चैतमा ९ मुद्दा दर्ता भएका थिए भने २०८१ वैशाखमा ४,जेठमा ७,असारमा १४,साउनमा ७,भदौमा १५ र असोजमा ३ मुद्दागरी जम्मा ६२ मुद्दा दर्ता भएका हुन्।  तीमध्ये ६ महिना नाघेका मुद्दाको संख्या १२ थान छन्। असोज मसान्तसम्म ९७ थान मुद्दाको लगत कायम भएकोमा ३५ थान मुद्दा फछ्यौट भइसकेका छन्। 

विशेष अदालत २०८१ मा फर्छ्यौटको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ। लगत ९७ मुद्दामा २९ वटाको फर्छ्यौट गर्ने उद्देश्य लिएकोमा ३५ थान मुद्दा फर्छ्यौट भइसकेका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा अदालतबाट फैसला भएकामध्ये १५९ थान मुद्दामा ठहर ,१०४ थान मुद्दामा आंशिक ठहर, र २४३ थान मुद्दामा सफाइ भएको छ।

विशेष अदालतको २० वर्षको अवधिको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा भएको मुद्दाको फर्छ्यौट सबैभन्दा धेरै हो।  ०८०/०८१ मा  ५७५ मुद्दामध्ये ५०६ थान मुद्दाको फर्छ्यौट भएको थियो।  २०८१ मा मात्रै ९७ मुद्दामध्ये ३५ वटाको फर्छ्यौट भइसकेको छ।

यसैगरी विशेष २०८१ मा फर्छ्यौटको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ।  लगत ९७ मुद्दामा २९ वटाको फर्छ्यौट गर्ने उद्देश्य लिएकोमा ३५ थान मुद्दा फर्छ्यौट भइसकेका छन्। गत आर्थिक वर्ष २०८०/०८१ मा अदालतबाट फैसला भएकामध्ये १५९ थान मुद्दामा ठहर ,१०४ थान मुद्दामा आंशिक ठहर, र २४३ थान मुद्दामा सफाइ भएको छ।  ठहर भएका मुद्दाको प्रतिशत ५१.९७ प्रतिशत हो भने सफाइ हुने मुद्दाको प्रतिशत ४८.०२ प्रतिशत हो। 

२०८०/०८१ मा गैरकानुनी सम्पत्तीका ३९ थान मुद्दामध्ये ३५ वटा फर्छ्यौट भएका थिए। जसमध्ये ७ थान मुद्दालाई ठहर,१ थान मुद्दालाई आंशिक ठहर, १६ थान मुद्दालाई सफाइ दिइएको थियो। घुस रिसवतका ११५ मुद्दामध्ये १०८ मुद्दाको सुनुवाइ भएको थियो। जसमा ५५ थान मुद्दालाई ठहर, २६ लाई आंशिक ठहर र २७ वटालाई सफाइ दिइएको थियो। यसैगरी निर्णयगत अनियमितताका ३४७ थान मुद्दामध्ये ३०४ वटाको सुनुवाइ भएको  थियो। तीमध्ये ५५ थान मुद्दाले ठहर , ७० थानले आंशिक ठहर र १७९ थान मुद्दाले सफाइ पाएको थियो।

आर्थिक वर्ष २०७९/०८० बाट जिम्मेवारी सरी आएका मुद्दामध्ये ५ वर्ष नाघेका २ थान, ४ वर्ष नाघेका ६६ थान, ३ वर्ष नाघेका ३८ थान र २ वर्ष नाघेका ९३ वटा मुद्दा फर्छ्यौट भएको विशेषको तथ्यांकले देखाएको छ।

नक्कली प्रमाणपत्रसम्बन्धी ४० थान मुद्दामध्ये २७ थान मुद्दा फर्छ्यौट भएका थिए। जसमा २७ मुद्दालाई ठहर , ७ लाई आंशिक ठहर र  ८ लाई सफाइ दिइएको थियो। सम्पत्ति शुद्धिकरणका ३४ मुद्दामध्ये ३२ वटाको फर्छ्यौट भएको थियो। तीमध्ये १७ मुद्दालाई ठहर, ७ लाई आंशिक ठहर र ८ थान मुद्दालाई सफाइ दिएको विशेषको तथ्यांकमा उल्लेख छ। गैरकानुनी सम्पत्तीका ४, घुस रिसवतका ७,नियर्णगत अनियमितताका ४३, नक्कली प्रमाणपत्रका १३ र सम्पत्ति शुद्धिकरणका २ मुद्दा विचाराधीन अवस्थामा छन्।

विशेषले आर्थिक वर्ष २०८०/०८१ मा ४४३ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ५०६ मुद्दा फर्छ्यौट गरेको हो । यो ११४.२२ प्रतिशत हो।  

आर्थिक वर्ष २०७९/०८० बाट जिम्मेवारी सरी आएका मुद्दामध्ये ५ वर्ष नाघेका २ थान,४ वर्ष नाघेका ६६ थान,३ वर्ष नाघेका ३८ थान र २ वर्ष नाघेका ९३ वटा मुद्दा फर्छ्यौट भएको विशेषको तथ्यांकले देखाएको छ।

विशेषको तथ्यांकअनुसार २०७०/०७१ मा मुद्दाको संख्या ३४७ थियो। जसमध्ये १४३ वटा मुद्दाको मात्रै फछ्यौट भएको थियो। ०७१/०७२ मा ५२३ मुद्दा रहेकोमा २१० वटाको मात्रै सुनुवाइ भएको थियो। २०७२/०७३ मा ४७२ मुद्दामा २२८ फर्छ्यौट भए। यसैगरी ०७३/०७३ मा  ४१४ मुद्दा रहेकोमा  १८२ वटा मुद्दा फर्छ्यौट भए।  ०७४/०७५ मा ४२९ मुद्दामध्ये १७६ वटाको सुनुवाइ भयो। 

०७५/०७६ मा ६२३ मुद्दामा २३० वटा मुद्दा फर्छयौट भए। ०७६/०७७ सालमा ८४३ मुद्दा थिए। जसमध्ये १७८ वटाको मात्रै सुनुवाइ भएको थियो। ०७७/०७८ मा ७९२ मुद्दामध्ये १३५ वटाको मात्रै सुनुवाइ भयो। ०७८/०७९ मा ७९२ मुद्दामध्ये ३३९ वटाको फर्छयौट भए। ०७९/०८० मा ६२९ मुद्दामा २७० वटाको मात्रै सुनुवाइ भएको विशेषको तथ्यांकले देखाएको छ।

२०८०/०८१ मा विशेषले जरिवानाबाट मात्रै ४० अर्ब ५ करोड ४४ लाख ७६ हजार १२१ रुपैयाँ राजश्व संकलन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.