ऊर्जा क्षेत्रमा महिलालाई सुदृढ पार्न ‘वेपावर’ राष्ट्रिय च्याप्टर सुरु

ऊर्जा क्षेत्रमा महिलालाई सुदृढ पार्न ‘वेपावर’ राष्ट्रिय च्याप्टर सुरु
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपालमा अवस्थित विश्व बैंकको कार्यालयबाट ऊर्जा क्षेत्रमा महिलाको भूमिकालाई सुदृढ बनाउन द साउथ एसिया वुमन इन पावर सेक्टर प्रोफेशनल नेटवर्क (वेपावर) नेपाल नेशनल च्याप्टर (एनएनसी)ले आधिकारिक रूपमा सुरुवात गरेको छ। 

यसको सुरुवातले नेपालको ऊर्जा क्षेत्रमा उन्नत रोजगारी र महिलाहरूको लागि नेतृत्व भूमिकाका लागि सीपहरू बढाउन नयाँ राष्ट्रिय र क्षेत्रीय साझेदारीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण कदम चाल्ने विश्व बैंकले दावी गरेको छ। 

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले भने, ‘विश्व बैंक वेपावरको अन्तरिम सचिवालयको रूपमा काम गर्न पाउँदा गर्व छ र हामी नेपालमा महिलाका लागि थप रोजगारी सिर्जना गर्न प्रतिबद्ध छौं। हामी कार्यबलमा धेरै महिलाहरू र नेपालको भविष्यलाई आकार दिने महत्वपूर्ण नीति संवादमा थप महिलाहरू संलग्न भएको हेर्न चाहन्छौं।’ 

एनएनसीका अध्यक्ष डा. संगीता सिंहले वेपावर एउटा सञ्जाल मात्र नभई समग्रमा ऊर्जामा महिलाहरूलाई सशक्तीकरण गर्ने प्रतिबद्धता भएको तर्क गरिन्। उनी भन्छिन्, ‘वेपावरमार्फत हामीले समान प्रतिनिधित्वलाई प्रवर्द्धन गर्न र सबैका लागि उज्यालो, थप दिगो र लचिलो भविष्य सिर्जना गर्न मद्दत गरिरहेका छौं।’ 

यसैक्रममा एशियन डेभलपमेन्ट बैंक नेपालका कन्ट्री डाइरेक्टर अर्नाउड काचोइसले यसले ऊर्जा क्षेत्रमा महिलाहरूका लागि सञ्जाल निर्माण गर्न कोशेढुङ्गा सावित हुने बताए। उनका अनुसार नेतृत्व कौशल विकास गर्न र आफ्नो करियरलाई अगाडि बढाउन महत्वपूर्ण अवसरहरू ल्याउँछ। ‘यसले लैङ्गिक खाडलहरू बन्द गर्ने र प्रमुख क्षेत्रहरूमा महिला सहभागिता प्रवर्द्धन गर्ने प्रयास गर्ने छ। हामीले यसको समर्थन गर्न पाउँदा गर्व लागेको छ।’

उद्घाटन कार्यक्रममा प्रमुख ऊर्जा क्षेत्रका उपयोगिताहरू, विकास साझेदारहरू, निजी क्षेत्रका संस्थाहरू र शिक्षाविद्हरूका प्रतिनिधिहरूको उपस्थिति थिए। वेपावर करिब ५० ऊर्जा क्षेत्र सरोकारवालाहरूको संस्था हो। जसमा बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंका लगायतका सम्बद्ध विभिन्न विश्वविद्यालयहरू र व्यावसायिक संघहरू  समावेश छन्। 

नेपालमा वेपावरअन्तर्गत पाँच नेपाली साझेदारहरू छन्। जस्मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, इन्जिनियरिङ संस्थान–त्रिभुवन विश्वविद्यालय, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय संघ–नेपाल, नेपाल विद्युत प्राधिकरण र नेपाल इन्जिनियर्स संघ महिला समिति रहेका छन्। सन् २०१९ मा नेपालमा पहिलो पटक वेपावर क्षेत्रीय सम्मेलन गरेको थियो। 

त्यसबेला नेपालमा वेपावर साझेदारहरूले ३ हजार २ सय १५ जना महिलाहरूसँगै अन्य विद्यार्थीहरू लाभान्वित भएका थिए। यसका कारण लैङ्गिक सम्बन्धी गतिविधिहरूको दायरा सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। एनएनसीले भविष्यमा कार्य योजना मार्फत नेपालको ऊर्जा क्षेत्रमा थप महिला पेशाकर्मीहरूको सहभागितालाई निरन्तरता दिने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.