नेपालको उच्च हिमाली क्षेत्रको कुरा वाकुमा

नेपालको उच्च हिमाली क्षेत्रको कुरा वाकुमा
सुन्नुहोस्

मुगु : अजरबैजानको बाकु शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा उच्च हिमाली क्षेत्रको विषय प्रस्तुत गरिएको छ। 

मुगुको छायाँनाथ रारा नगरपालिका-४ का ३७ वर्षीय मिनबहादुर रावलले जलवायु परिवर्तनको असरले  सबैभन्दा बढी उच्च हिमाली क्षेत्रका समुदाय र  युवाहरूले समस्या भोग्नु परेको बताएका हुन्। 

विश्वमा जलवायु परिवर्तनले पारेको असर तथा नेपाल नेपालजस्तै अन्य कम विकसित राष्ट्रले झेल्दै आएका समस्या र नेपालको उच्च हिमाली क्षेत्रका समुदाय र युवाहरुले खैप्दै आएका भोगाइलाई उक्त सम्मेलनमा अन्य देशबाट सहभागी युवाहरूलाई जानकारी गराएको उनको भनाइ छ।  

जलवायु परिवर्तनको असरले नेपालको उच्च हिमाली क्षेत्रमा पहिलाको जस्तो हिमपात नहुने, हिमतालहरू फुट्ने खतरा रहेको, बढ्दो तापक्रमका कारण पानीका मुहानहरू सुक्दै गएका, नदीको सतहहरू घट्दै गएको लगायतका विषयवस्तु प्रस्तुत भएको उनले बताए। 

तापक्रम वृद्धिका कारण जडीबुटी लगायत अन्य जैविक विविधता लोप हुने खतरामा छन्। उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय र त्यहाँका युवाहरूको मुख्य आयश्रोत जडीबुटी भएको र जलवायु परिवर्तनका असरले जडीबुटी नै लोप हुन थालेपछि युवाहरूले यसको असर खेप्नु परेको उक्त सम्मेलनमा जानकारी गराएको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.