समय तोकेर विधेयकहरू अगाडि बढाऔं : गृहमन्त्री लेखक

समय तोकेर विधेयकहरू अगाडि बढाऔं : गृहमन्त्री लेखक
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले उपनिर्वाचन केन्द्रित सुरक्षा प्रबन्ध मजबुद गर्न आवश्यक निर्देशन दिइसकेको बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लेखकले निर्वाचन आयोगसँग समन्वय गरेर सुरक्षाको आवश्यक प्रबन्ध गर्न निर्देशन दिइसकेको बताए। उनले निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन गर्न सरकार तयार रहेको बताए।

उपनिर्वाचनअघि केही स्थानमा कर्मचारी सरुवा भएको विषयमा संघीय मामिला मन्त्रीसँग कुरा भइरहेको उनले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलका क्रममा मन्त्री लेखकले कानुन निर्माणका विधेयक दर्तादेखि पास गर्नेसम्मका सबै चरणहरूलाई समय तोकेर अगाडि बढाउनुपर्ने बताए।

बैठकमा सांसदहरूले अख्तियारलाई निष्पक्षरूपमा अघि बढाउनका लागि विधेयकमा आवश्यक परिमार्जन गरी अघि बढाउनुपर्नेमा जोड दिएका थिए। सांसद विश्वप्रकाश शर्माले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरू खुला प्रतिस्पर्धाबाट जानसक्ने विधि अवलम्वन गर्नुपर्ने बताए।

त्यस्तै उनले भ्रष्टाचार विधेयकमाथि समितिमा छलफल भइरहदा राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको र उपनिर्वाचन हुने तहमा कर्मचारी सरुवालगायतका प्रकरण देखिएको भन्दै स्पष्ट पार्नुपर्ने बताए। त्यस्तै सांसद रघुजी पन्तले विधेयकमा आएका संशोधनलाई समावेश गर्न नसके सरकारले नै विधेयक परिमार्जन वा अन्य उचित प्रबन्धन गरेर समेट्न सक्ने गरी अघि बढ्नुपर्ने बताए। 

बैठकमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले उठाएका विषयमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू जनताको प्रतिनिधि भएसँगै आफ्नो काम र जिम्मेवारी अरुलाई हस्तान्तरण गरेको बताए। अहिलेको अवस्थामा आफू कानुनबमोजिम कसुर देखिए राजनीतिबाट बाहिर निस्कने उनको भनाइ छ। यसैबीच समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति हुन नसकेका विषयहरूमा समाधान खोज्ने र सुझावलाई समेट्ने जिम्मेवारी उपसमितिलाई दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.