बाजुराको स्वामीकार्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बाजुराको स्वामीकार्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुन्नुहोस्

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज स्वामीकार्तिक खापर  गाउँपालिका केन्द्र सुईजिउलामा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत्त सन्जीव पोखरेलले बताए। 

मनोनयन दर्तादेखि मतगणना गाउँपालिकामा नै गर्नुपर्ने भएकाले गाउँपालिकाको केन्द्रमा नै कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए। 

भोलिदेखि निर्वाचनका कामहरू अघि बढाउने तयारी रहेको कार्यालयले जानकारी दिएको छ। २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको निधनपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो।  

उपनिर्वाचनको लागि ५ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.