गोलन्जोरमा बाढीले ध्वस्त विद्यालय पुनर्निर्माण

गोलन्जोरमा बाढीले ध्वस्त विद्यालय पुनर्निर्माण
सुन्नुहोस्

सिन्धुली : गत असोज १२ गते रोशी र सुनकोशी नदीमा आएको बाढीले बगाउँदा ध्वस्त भएको सामुदायिक विद्यालय भवनको पुनर्निर्माण थालिएको छ ।सिन्धुलीको गोलन्जोर गाउँपालिका—३ मुर्किवेसीस्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण थालिएको हो ।

सुनकोशी नदीमा आएको बाढीले पुरेर ध्वस्त बनाएको डेढ महिनापछि उक्त विद्यालय भवन पुनर्निर्माण थालिएको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए । बाढीले भवनमा क्षति पु¥याएपछि विद्यालयको पठनपाठन अवरुद्ध थियो ।
बाढीले सबै संरचनामा क्षति पुगेपछि दातृ निकाय ब्याक टु लाइफ ई.भी. जर्मनीको सहयोगमा विद्यालयको पूरै संरचनाको पुनर्निर्माण थालिएको हो ।

आगामी ६ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष न्यौपाने, दातृ निकाय ब्याक टु लाइफ ई.भी. जर्मनीका डाइरेक्टर डिकेन्द्र ढकाल, कन्ट्री डाइरेक्टर अच्युत पौडेलले संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका छन् ।

विद्यालय भवन निर्माणको जिम्मा पिनाकल महारुद्र जे.भी शंखमूल काठमाडौंले पाएको छ । समुदाय पद्धति विकास सेवा सिन्धुलीको समन्वयमा उक्त विद्यालय भवन निर्माणका लागि ब्याक टु लाइफ ई.भी. जर्मनीले सहयोग गरेको हो ।विद्यालय भवनको लागत भ्याटसहित १ करोड १३ लाख ६ हजार ५ सय ८४ रुपैयाँ ७३ पैसा छ । विद्यालय भवनमा बाढीले क्षति पुर्‍याएपछि तिहार पछि व्यक्तिको घर भाडामा लिएर पठनपाठन सुरु गरिएको थियो ।

वडाध्यक्ष कृष्णप्रसाद पोखरेलका अनुसार मासिक चार हजार भाडा दिने गरी वडाले दुई वटा कोठा भाडामा लिएर विद्यालय सञ्चालन गरेको थियो । तर कक्षा कोठा, डेक्स, वेन्च, कार्यालय सञ्चालनलगायतका समस्या भएपछि ६ महिनाभित्रै भवन निर्माण सक्ने गरी काम सुरु गरिएको वडाध्यक्ष पोखरेलले जनाए ।उक्त विद्यालय भवन निर्माणले स्थानीय ३० घरधुरीका १ सय ६५ जना लाभान्वित हुनेछन् । बाढीले गोलन्जोरसहित सिन्धुलीका २५ वटा विद्यालयमा क्षति पुगेको थियो ।

जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका २५ वटा विद्यालयहरूमध्ये पाँच वटा विद्यालयका सबै भवनहरूमा पूर्ण रूपमा क्षति पुगेको थियो । २० वटा विद्यालयमा आंशिक क्षति भए पनि पठनपाठन गर्न सक्ने अवस्थामा छैनन् ।ती विद्यालय र आसपासका बस्तीहरूका विद्युत्, खानेपानी तथा यातायात सेवा एक सातादेखि अवरुद्ध छन् । विद्यालय भवनहरूमा क्षति पुग्दा तीन वटा पालिकाका झन्डै १८ हजार विद्यार्थी प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.