भक्तपुरमा मनाइयो सकिमाना पुन्ही (तस्बिरसहित)
भक्तपुर : हरेक वर्ष चन्द्र मासको आधारमा कार्तिक शुक्ल पूर्णमाका दिन मनाइने सकिमाना पुन्ही भक्तपुरमा हर्ष उल्लासका साथ शुक्रबार मनाइएको छ। मुख्यगरी भक्तपुरको भक्तपुर नगर क्षेत्र र मध्यपुर थिमिमा हर्ष उल्लासका साथ सकिमाना पुन्ही मनाइएको हो।
भक्तपुरको टौमढी , दतात्रय मंदिर प्राङ्गण , बाराही द्यो छे लगायतका भित्री नगर र मध्यपुर थिमिको नगदेश, बोदे र थिमि लगायतका स्थानमा शुक्रबार विशेष रौनक छाएको छ। यी स्थानहरु संगीतमय बनेको थियो। विभिन्न दाफा भजन खल, भजन समूह र भजन मण्डलीहरूले पृथक प्रस्तुति दिएका थिए।
उनीहरूले मन्दिर, देवालयअगाडि विभिन्न अन्न चढाएर मन्दिर र भगवानहरूको आकर्षक चित्र बनाएका थिए। सांस्कृतिक बाद्यबादन सामग्री बजाएर भजन प्रस्तुत गरेका थिए।