भक्तपुरमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

भक्तपुरमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते
सुन्नुहोस्

भक्तपुर : भक्तपुरमा ट्याक्टर दुर्घटनामा परी  १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।  भक्तपुर नगरपालिका-५ पिखेल स्थित  चाँगुनारायणबाट देकोचातर्फ आउँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो। 

दुर्घटनामा  ट्याक्टरमा सवार एक व्यक्तिको मृत्यु र ५ जना  घाइते भएका भक्तपुर जिल्ला प्रहरी परिसरले जनाएको छ। 

ट्याक्टर पल्टेर भएको उक्त घटनामा  पिखाल निवासी ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको प्रहरी जनाएको छ ।  मृत सुवालको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो। 

उनलाई दुर्घटनामा परी घाइते भएपछि  दुधपाटी स्थित भक्तपुर अस्पतालबाट रिफर  गरी न्यूरो अस्पताल लगिएको थियो।  

ट्याक्टरमा सवार भक्तपुर चाँगुनारायण नगरपालिका-५  बस्ने  ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गणेश कोजु, ४४ वर्षीय राधेश्याम सितिखु,  ७४ वर्षका पूर्णकेशरी   शिल्पकार र वडा नं २ निवासी ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन्। 

भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी एवम् डिएसपी ढुण्डिराज न्यौपानेले चालकको मेडिकल टेस्ट गर्दा मापासे गरेको पाइएको जानकारी दिएका छन्। उनले  भने, ‘चालकले मापसे गरेको मेडिकलमा प्रमाणित भएको छ।’ घाइते मध्यमा ट्याक्टर चालक गणेश सुवालको भक्तपुर अस्पातालमा उपचार भइरहेको र अन्य घाइतेहरूको अवस्था सामान्य  रहेकाले डिस्चार्ज गरिएको जानकारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.