कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्य जरुरी छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्यमा जोड दिएका छन्।
अक्टोबर क्रान्ति डेका अवसरमा नेकपा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहरूबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताए।
नेपाललाई कम्युनिष्टहरूको उर्वरभूमिका रूपमा लिनुपर्ने उनले बताए। अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै अघि बढिरहेको बताए। नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास गरेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।