सडक सुरक्षा ऐन आगामी संसदमा जान्छ : मन्त्री दाहाल

सडक सुरक्षा ऐन आगामी संसदमा जान्छ : मन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले कमजोर संरचनाले आर्थिक र मानवीय दुवै प्रकारका क्षति बढाउने बताएका छन्। 

भौतिक संरचनाहरू निर्माण गर्दा आवश्यक अध्ययन र पूर्वतयारी नगर्दा कमजोर र गुणस्तरहिन संरचना बन्ने खतरा रहेको समेत उनले बताए। नेपाल अटोमोबाइल्स एशोसिएसन–नासाले शनिबार काठमाडौंमा सम्पन्न गरेको ‘सुरक्षित र दिगो गतिशिलता’ विषयक युवा सम्मेलन समापन समारोहमा उनले आर्थिक र मानवीय क्षति कम गर्न दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। 

सडक सुरक्षाको सवाल विश्वव्यापी रुपमा चुनौती बनि रहेको उल्लेख गर्दै नेपाल सरकारले पनि यस तर्फ ध्यान दिएको बताए। मन्त्रालय अन्तर्गत रहेको सडक सुरक्षा परिषदलाई क्रियाशिल बनाउन आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उनले सडक सुरक्षा ऐनलाई समेत आगामी संसदमा लैजाने तयारी गरिएको बताए। 

सडक सुरक्षाका लागि कानुनी, नीतिगत र संरचनागत विकासका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक काम समेत भइरहेको बताए। 

सम्मेलनमा देशका विभिन्न स्थानका युवाहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष दशरथ रिसालले जानकारी दिए। सोही सम्मेलनले १६ बुँदे काठमाडौं घोषणा पत्र समेत सार्वजनिक गरेको छ। कार्यक्रम समापन समारोहमा संस्थालाई योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.