वीरगन्ज चिनी कारखाना अब चलाउन सम्भव छैन : कृषि मन्त्री क्षेत्री

वीरगन्ज चिनी कारखाना अब चलाउन सम्भव छैन : कृषि मन्त्री क्षेत्री
सुन्नुहोस्

वीरगन्ज : मधेस प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले दुई दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना अब पुन सञ्चालनमा आउन नसक्ने बताएका छन्।

शनिबार वीरगन्जमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पर्साको प्रथम जिल्ला परिषद्को उद्घाटन सत्रमा बोल्दै कांग्रेस पर्साका सभापतिसमेत रहेका मन्त्री क्षेत्रीले अहिलेकै अवस्थामा वीरगन्ज चिनी काराखाना फेरि सञ्चालनमा ल्याउन सम्भव नै नरहेको बताए। उनले भने, ‘वीरगन्ज चिनी मिल अब चल्नेवाला छैन। त्यसकारण कांग्रेस वा अहिलेको सरकारले वीरगन्ज चिनी मिल फेरि चलाउँछ भनेर जनतालाई गुमराहमा राख्ने काम गर्दैन।’

बरु वीरगन्ज चिनी कारानखा पुन सञ्चालनमा ल्याउनुको सट्टा त्यस्तै ५ वटा ठूला ठूला चिनी कारखाना सञ्चालनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। सरकारले काम व्यपार गर्ने नभई उद्योग व्यपारका लागि अवसर र वातावरण सिर्जना गरिदिने रहेको उनले बताए। मन्त्री क्षेत्रीले भने,  सरकारको काम व्यपार गर्ने होइन। बरु उद्योग व्यपारका लागि अवसर सिर्जना गरिदिने हो। वातावरण बनाइ दिने हो।’

उनले नेपाल ट्रेड युनियन कांग्रेसले उद्योग कलकारखानाका मजदुरको मात्र नभई अन्य पेशार व्यवसायमा लागेका श्रमिककापनि आवाज उठाइदिनुपर्नेमा जोड दिए। अनिमात्र नेपाल ट्रेड युनियन कांग्रेस अझ सशक्त हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.