काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव

काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गरिने बताएका छन्। 

जनता समाजवादी पार्टी, काठमाडौं जिल्ला समन्वय समितिद्धारा नेपाल संवत् ११४५, तिहार, छठलगायत पर्वहरूको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरिएको शुभकामना आदान–प्रदान एवं सांस्कृतिक तथा जलपान समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ आफू अगाडि बढेको बताए।

'मान्छेका लागि पानी नभइ नहुने चीज हो। जलस्रोतको धनी देशमा जनता पानीका लागि आन्दोलन गर्न बाध्य छन्। काठमाडौंमा उपत्यकामा पानीको समस्या सदाका लागि समाधान गर्छु,' उनले भने। मन्त्री यादवले काठमाडौं उपत्यकाबासीका लागि आफूले २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि टेण्डर आह्वान गरिसकेको जानकारी दिए।

'काठमाडौंमा मेलम्चीको पानी अपुग छ। मैले यहाँका नागरिकका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि टेण्डर आह्वान गरिसकेको छु। त्यो पानी आएको खण्डमा काठमाडौंमा २४ घण्टा पानी वितरण गर्न सकिने छ,' उनले भने। मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहान करिब १० किलोमिटरमाथि सार्नका लागि आफूले केही दिनमा टेण्डर आह्वान गर्ने तयारी गरेकाले मेलम्चीको मुहान सारेपछि त्यहाँबाट वर्षातको समयमा पनि काठमाडौंमा सहजरूपमा पानी ल्याइ वितरण गर्न सकिने बताए।
 
'मैले काठमाडौं उपत्यकाबासीको खानेपानीको समस्या समाधनका लागि कुलेखाने ड्यामबाट पनि पानी ल्याउनका लागि तयारी गरेको छु। तपाईंहरू ढुक्क हुनुस् मैले मेरै कार्यकालमा यहाँको खानेपानीको समस्या समाधान गर्छु,' उनले भने। सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले मेलम्ची खानेपानीका पाइपहरू फुटेका ठाउँहरूमा नयाँ पाइपहरू जडान गरी पानी सूचारुका लागि निर्देशन दिइसकेको र अब आफै प्रतेक वडाहरूमा गएर पानी आए नआएको तथा कहाँ-कहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्ने बताए। 

'म आफैं अनुगमनमा निस्किन्छु। जहाँ पाइप फुटेको छ, त्यहीँ मर्मत हुन्छ र त्यहीँबाट तत्काल पानी सुचारुका लागि निर्देशन दिने छु,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.