कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनले गरे उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनले गरे उम्मेदवारी दर्ता
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)ले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको छ। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेसपाबाट दिलकुमार महर्जनले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, राप्रपाका ध्रुव महर्जन उम्मेदवार दर्ता गराइसकेका छन् । एकीकृत समाजवादीले भने माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ। 

यस्तो छ निर्वाचन तालिका 

आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.