‘विश्वकप खेल्ने स्याङ्जाका ३ महिला क्रिकेटरलाई भब्य स्वागत’

‘विश्वकप खेल्ने स्याङ्जाका ३ महिला क्रिकेटरलाई भब्य स्वागत’
तस्बिर : भवानी अधिकारी।
सुन्नुहोस्

स्याङ्जा : युएईमा सञ्चालित एसिया छनोटको उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल्ने इतिहास कोरेका मध्ये स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई शनिवार साँझ भब्य स्वागतका साथ गृहजिल्ला भित्र्याइएको छ।

स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी र १३ का सीमाना के.सी र कुसुम गोदारलाई पोखरा विमानस्थलमा स्वागत एवं सम्मान गर्दै जिल्लामा ल्याइएको हो। 

आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएको थियो। शनिवार दिउँसो पोखरा विमानस्थल आइपुगेका ३ महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट संघसहित यहाँका खेलप्रेमी युवाहरूले मोटरसाइकल र्‍यालीसहित स्याङ्जा ल्याएका हुन्। 

सो टोलीलाई स्याङ्जा जिल्ला क्रिकेट संघ, जिल्ला खेलकूद विकास समितिसहित राजमार्गमा पर्ने स्थानीयबासीले भब्य स्वागत, सम्मान, बधाइसहित आउँदो प्रतियोगिताको उपाधि विजेताको शुभकामना दिएका छन्। 

गण्डकी प्रदेशबाट सहभागी भएका ४ जनामध्ये ३ जना क्रिकेट खेलाडी स्याङ्जा, पुतलीबजार नगरबासी हुन्। सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरेपछि महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिए।

युएईमा सञ्चालित एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो। छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्यान्डबीच प्रतियोगिता भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.