कप्तान पूजा महतोलाई नागरिक अभिनन्दन गर्दै

कप्तान पूजा महतोलाई नागरिक अभिनन्दन गर्दै
सुन्नुहोस्

गौशाला : नगरवासीले यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई नागरिक अभिनन्दन गर्ने भएको छ । गौशाला नगरपालिका वडा नं.११ का स्थानीयहरूले भोलि (३ गते मंसिर)का दिन महतोलाई नागरिक अभिनन्दन गर्ने तयारी गरिएको छ ।

वडा नं. ११ का वडाअध्यक्ष रामपृत महतो कोईरीले आज पत्रकार सम्मेलन गर्दै नेपाललाई विश्वसमक्ष चिनाउनका लागि सफल भएकी  चेली पूजालाई सम्मानस्वरुप नागरिक अभिनन्द गर्ने जानकारी गराएका छन् । इमलीबजारबाट शुरु हुने विजयी यात्रा गौशाला नगरपालिकाको नगर परिक्रमा गर्दै पुनः इमलीबजारमा गइ समापन हुने वडाअध्यक्ष कोइरीले जानकारी दिएका छन् ।

सम्मान थाप्न व्यस्त पूजा

गृह नगरी गौशाला आएपछि नेपाल महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई अहिले सम्मान थाप्नका लागि भ्याइनभ्याइ भएको छ । 

उनलाई विभिन्न संस्था तथा व्यक्तिगत रूपमा खेलप्रेमी सर्वसाधारणहरू उनको घरमा पुगी सम्मान दिइरहेका छन् । नेपाल कुशवाहा कल्याण समाज महोत्तरीले उनलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.