श्रीलंकामा एनपिपीले दुई तिहाई बहुमत ल्याएपछि एमालेले भन्यो : राजनीतिक स्थायित्व, आर्थिक सुधार हुने विश्वास छ

श्रीलंकामा एनपिपीले दुई तिहाई बहुमत ल्याएपछि एमालेले भन्यो : राजनीतिक स्थायित्व, आर्थिक सुधार हुने विश्वास छ
सुन्नुहोस्

काठमाडौं : श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीले दुई तिहाई प्राप्त गरेकोमा नेकपा एमालेले खुसी प्रकट गरेको छ । श्रीलंकामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दै एमाले बधाई ज्ञापन गरेको हो । 

निर्वाचनमा २२५ सिटमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले  दुई तिहाई बहुमत हासिल गरेको हो।  एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुशासन, राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक संकटका विरूद्धमा दुई वर्षअघि श्रीलंकाली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपीपीका नेता अनुरा कुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास नेकपा (एमाले) व्यक्त गर्दछ ।’

एमालेले निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर देखाउन एनपिपीलाई आग्रह गरेको छ। ‘कम्युनिस्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्यन गरिरहेको हाम्रो पार्टी श्रीलंकामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुरा कुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ |’

एमालेले संकटका बेला जनताले रोजेको यस विकल्पलाई सही रूपमा सफल पारेर श्रीलंकाले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्दै शुभकामना दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.