वन्यजन्तुहरूलाई बाढीबाट जोगाउन माटोको ढिस्को निर्माण

वन्यजन्तुहरूलाई बाढीबाट जोगाउन माटोको ढिस्को निर्माण
सुन्नुहोस्

काठमाडौं : चितवनको सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तुहरूलाई बाढीबाट जोगाउन माटोको ढिस्को निर्माण गरिएको छ।

बर्सातको समयमा बर्सेनि बाढीले वन्यजन्तुहरू बगाउने गरेको कारण वन भित्र जमिनको सतहभन्दा अग्लो ढिस्को निर्माण बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले बताए।

बर्सातको समयमा बाढी आउँदा वन्यजन्तुहरू ढिस्को माथि गएर बस्ने र बाढीले बगाउनबाट जोगिने उनले बताए। उक्त वनमा दुर्लभ एक सिंगे गैडा बाघ हरिण लगायतका वन्यजन्तुहरू रहेका छन्। 

उक्त वनमा पर्यटकहरू वन्यजन्तु अवलोकनका लागि हात्ती सफारीबाट जाने गरेका छन्। पर्यटकको आकर्षणका रूपमा रहेको वन्यजन्तुहरू बाढीले बगाएर वन्यजन्तुहरू अन्य स्थानमा पलायन नहोस् भनेर हाल वनभित्र दुईवटा माटोको ढिस्को निर्माण गरेको अध्यक्ष तामाङले बताए। 

करिब २ सय १५ हेक्टर क्षेत्रफल रहेको उक्त वन बर्सातको समयमा ७० प्रतिशत भूभाग बाढीले डुबाउने गरेको छ। बाढीले बर्सेनि वन्यजन्तुहरू बगाएपछि करिब छ लाख खर्च गरेर २ वटा माटोको ढिस्को बनाइएको छ। 

उक्त वनमा अझ ३–४ वटा माटोको ढिस्को बनाउने योजना रहेको अध्यक्ष तामाङले बताए। उक्त वनले पर्यटक प्रवेश गरेको शुल्कबाट वार्षिक २ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.