एनपीएल मेरो स्वामित्वमा छ, अदालतको निर्णयको प्रतिक्षामा छु : आमिर अख्तर

एनपीएल मेरो स्वामित्वमा छ, अदालतको निर्णयको प्रतिक्षामा छु : आमिर अख्तर
सुन्नुहोस्

काठमाडौं :  जोरा स्पोर्टस म्यानेजमेन्टका आमिर अख्तरले नेपाल प्रिमियर लिग(एनपिएल) को विवाद समाधान नगरी नेपाल क्रिकेट संघ क्यान अगाडि बढेको गुनासो गरेका छन्।

एनपीएल नामको स्वामित्व आफूसँग रहेको भन्दै पूर्व क्रिकेटर अख्तरले एनपिएललाई विधिपूर्वक क्यानले आफ्नो स्वामित्वमा ल्याउन सल्लाह दिँदा बेवास्था गरेको बताएका छन्।  

‘जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. ले नेपाल क्रिकेट संघ विरुद्ध आफ्नो हकअधिकार प्राप्तिका लागि सर्वोच्च अदालतको सहारा लिएको र मुद्दाको क्रम चलिरहेको सबैमा सर्वविदितै छ। नेपाल प्रिमियर लिग' नामको कम्पनी मेरो नाममा छ। तसर्थ नेपाल क्रिकेट संघले एनपीएल क्रिकेट आयोजनाको घोषणा गरे लगत्तै मैले मेरो नाममा रहेको कम्पनी क्यानलाई सुम्पिन तयार रहेको भन्दै क्यानलाई कम्पनि लिन पत्राचार गरेको थिएँ।’उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म आफैँ एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, क्रिकेट आयोजक र खेलकुद ब्यवस्थापनमा संलग्न ब्यक्ति भएकोले यसबाट पर्न सक्ने अप्ठेरो बारे मलाई थाहा थियो। म कुनै क्रिकेट विरोधी व्यक्ति होइन, तसर्थ एनपीएलको सफल आयोजना होस् भन्ने हेतुले मैले क्यानलाई पुर्व सूचना दिई त्यसमा सहजिकरण गर्नु आफ्नो कर्तव्य ठानें।’

क्यानले बेवास्था गरेपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले  बताएका छन्। रिटमा सर्वोच्च अदालतले नेपाल क्रिकेट संघलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

‘मैले सोचेको थिएँ की करौडौको रकम संलग्न हुने र थुप्रै व्यक्ति जोडिएको विषयमा क्यान गम्भीर हुनेछ र समाधानको बाटोतिर अग्रसर हुनेछ। तर क्यानले पटक पटकको मेरो अनुरोधलाई बेवास्ता गर्‍यो। गम्भीर कानुनी विषयलाई पुरै नजरअन्दाज गर्‍यो। कसैको नाममा रहेको कम्पनी र क्यानले जोरा स्पोर्ट्स म्यानेजमेन्टलाई एनपीएल आयोजना गर्न यस अघि नै दिएको अधिकार छिन्ने प्रयास हुनु भनेको कानुनत गलत हो। समाधानको पहल नगरिनु झनै गलत हो।’ विज्ञप्तिमा भनिएको छ, ‘म अदालतको ढोका ढक्ढक्याउन वाध्य भएको हुँ। सम्माननीय सर्वोच्च अदालतले नेपाल क्रिकेट संघलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न भनेको अवस्था छ। म अदालतको निर्णयको प्रतिक्षामा छु। फेरी पनि दोहोर्याउछु, म क्रिकेट विरोधी होइन। तर हकअधिकारको लडाई लड्ने स्वतन्त्रता हरेक नागरिकलाई छ। म त्यो लडाई लडिरहेको छु।’

आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको छ। क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १६ देखि सुरु हुँदैछ।null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.