‘बिवाईडी ड्राइभ टु डिस्कभर’: बिवाईडी एट्टो ३ को पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी प्रस्तुत

‘बिवाईडी ड्राइभ टु डिस्कभर’: बिवाईडी एट्टो ३ को पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी प्रस्तुत
सुन्नुहोस्

काठमाडौं : चिनियाँ कम्पनी बिवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साईमेक्स इन्कले हालै लन्च भएको बिवाईडी एट्टो ३ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ।

‘बिवाईडी ड्राइभ टु डिस्कभर’ नाम दिइएको यो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको विशेष क्षमता अनुभव गराएको छ।

काठमाडौंको नक्सालस्थित बिवाईडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र टोमोबाइलप्रेमीहरूको उत्साही सहभागिता देखियो। सहभागीहरूले बिवाईडी एट्टो ३ (२०२४) को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाएको सुनाए। कार्यक्रममा अटोमोबाइल मिडियाका प्रतिष्ठित व्यक्तित्वहरूको पनि सहभागिता थियो। जसले काठमाडौंका व्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गरेका थिए।

बिवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो। जसमा सहरका सडक, उकालो, र अफ–रोड बाटोहरू थिए। यात्रा बिवाईडी शोरूमबाट सुरु भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो।

सहरको बाटो, उकालो, र दुर्गम भूभागसहितको मिश्रणले सहभागीहरुलाई बिवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचर र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको छ। बिवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ मानिन्छ। यो एसयूभीमा बिवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ। 

जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बिवाईडीको डिजाइन दर्शन अनुसार एट्टो ३ (२०२४) संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउन आरामदायी र स्टाइलिस इन्टेरियर प्रदान गरिएको छ।

यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको छ। ‘बिवाईडी एट्टो ३ २०२४ ले केवल बिवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ। बिवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,’ साईमेक्स इन्कका नेसनल सेल्स हेड अशुतोष गौतमले भने।

कार्यक्रमले नेपालको ईभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्स इन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर गरेको कम्पनीले जनाएको छ। यो पहलको हिस्साको रूपमा साईमेक्स इन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क स्थापना गरिसकेको छ। साथै चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पुर्‍याउने बताइएको छ। जसले ग्राहकहरूलाई भरपर्दो र सहज चार्जिङ विकल्पहरू उपलब्ध गराउनेछ।

बिवाईडी एट्टो ३ २०२४ को सुरुवातसँगै, बिवाईडी र साईमेक्स इन्कले नेपालमा दिगो अटोमोबाइल क्षेत्रतर्फको परिवर्तनलाई अघि बढाइरहेका छन्। यी गाडीहरूले नेपालको हरित यातायात लक्ष्य पूरा गर्न र वातावरणप्रेमी ग्राहकहरूको बढ्दो अपेक्षा पूरा गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.