विराटनगर किङ्सले बनायो अभिनेता दयाहाङ राईलाई गुडविल एम्बासडर

विराटनगर किङ्सले बनायो अभिनेता दयाहाङ राईलाई गुडविल एम्बासडर
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई गुडविल एम्बासडर बनाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विराटनगर किङ्सले राईलाई गुडविल एम्बासडर घोषणा गरेको हो । 

गुडविल एम्बासडरमा नियुक्त भएपछि अभिनेता राईले क्रिकेटले नेपाली समाजलाई जोड्न सफल भएको भन्दै आफूलाई नियुक्त गरेकोमा धन्यवाद दिए । उनले खेलले मानिसलाई धैर्यता सिकाउने भएकाले आफूलाई यस क्षेत्र मन पर्ने बताए। 

कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएलले नेपाली क्रिकेटलाई धेरै माथि उठाउने बताए । खड्काले लिग खेल्न आउने विदेशी खेलाडीहरूको श्रम स्वीकृतिलगायतका काममा क्यानले सहजीकरण गर्ने जानकारी दिए। उनले छिट्टै लिगको खेल तालिका सार्वजनिक गर्ने जानकारी दिए।   उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिट्टै नयाँ खेल तालिका सार्वजनिक गर्ने खड्काको भनाई छ।  

विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् भने आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षक रहेका छन् । क्यानको‌ आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल आयोजना हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.