रसुवामा हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण

रसुवामा हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण
सुन्नुहोस्

काठमाडौं :  हिमाली जिल्ला रसुवामा हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण गरिएको छ। जिल्ला व्यवस्थापन समिति रसुवाको आइतबार बसेको बैठकले निर्माण गरिएको कार्ययोजना प्रस्तुत गरेको छ। 

हिमपातबाट हुने जोखिम न्यूनीकरण सम्बन्धी जिल्लास्तरीय कार्ययोजना, २०८१ प्रस्तुतीकरण भएको समितिले जनाएको छ। बैठकमा कार्ययोजनामाथि सरोकारवालाबाट आएको पृष्ठपोषणलाई कार्ययोजनामा समावेश गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ। 

स्थानीय तहहरूले चिसोबाट प्रभावित हुने विपन्न लाभग्राही व्यक्ति/परिवार पहिचान गरी दोहोरो नपर्ने गरी न्यानो कपडा वितरणको व्यवस्था मिलाई डीडीएमसीमा समेत जानकारी गराउने निर्णय गरेको छ। 

सम्बन्धित निकायले विपद्‌का घटनापश्चात जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने तत्काल राहत तथा क्षतिपूर्तिको मागदावी र सिफारिस गर्दा अनुमानित क्षति विवरण र पीडित परिवारको सदस्य संख्या सहितको विस्तृत विवरण स्थलगत मुचुल्कामा उल्लेख गरी सिफारिस गर्ने निर्णय भएको समितिले जनाएको छ। 

यसैगरी बैठकले गोसाईकुण्ड गाउँपालिका-६ धुन्चेमा रहेको बालमन्दिर भवन र जिल्ला खेलकुद विकास समितिको पुनर्निर्माण प्रकिया अघि बढाउने, पासाङल्हामु राजमार्ग अन्तर्गतको मूलखर्कदेखि बाह्रघुम्तिसम्मको सडकखण्डको बिग्रेका स्थानहरूमा तत्काल मर्मत सम्भार कार्य गरी सहज रूपमा सवारी आवागमनको व्यवस्था डिभिजन सडक, नुवाकोटले मिलाउने लगायतका निर्णय गरेको छ।

गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडकखण्ड अन्तर्गतको मैलुङदेखि रसुवागढीसम्म बिग्रेका स्थानहरूमा तत्काल मर्मत सम्भार कार्य गरी सहज रुपमा सवारी आवागमनको व्यवस्था गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजना नुवाकोटले मिलाउने निर्णय गरिएको समितिले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.