नलगाड नगरपालिकाको उपप्रमुखमा ६ जनाको उम्मेदवारी दर्ता

नलगाड नगरपालिकाको उपप्रमुखमा ६ जनाको उम्मेदवारी दर्ता
तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदमा ६ वटा पार्टीको उम्मेदवारी दर्ता भएको छ । बाजागाजा र दलबलसहित उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका लागि आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । null

२०७९ सालको स्थानीय तह चुनावबाट उपप्रमुखमा नेपाली कांग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन् । गत वर्ष भुकम्पमा परि निधन भएपछि रिक्त रहेको नगर उपप्रमुख पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

त्यस्तै कुशे गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट खम्बबहादुर सिंह, नेकपा एमालेबाट डम्बर बहादुर घर्ती, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर खत्रीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । उत्साहपूर्ण तरिकाले शान्तिपूर्वक उम्मेदवारी दर्ता भएको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.