स्थानीय तहको उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी

स्थानीय तहको उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ४ सय ७ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले आइतबार प्रकाशन गरेको विज्ञप्ति अनुसार साँझ ५ बजेसम्म ४ सय ७ जनाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन्। 

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। 

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। 

साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र  अन्य १ गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। 

उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि भोलि बिहान १० बजेदेखि अपराह्ण ३  बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते अपरान्ह ५:०० बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। 

त्यसैगरी ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३:०० बजेदेखि ५:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। 
यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मंसिर १६ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.