वडाध्यक्षका लागि बर्दियामा ६ को उम्मेदवारी

वडाध्यक्षका लागि बर्दियामा ६ को उम्मेदवारी
सुन्नुहोस्

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मा रिक्त वडाध्यक्ष पदको लागि ६ दलले मनोनयन पत्र दर्ता गरेका छन्। तत्कालीन वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति बर्दियाको प्रमुख पदमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो।

आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भएको मनोनयन पत्र दर्ताका क्रममा कांग्रेसका अमिन थारू, एमालेका विष्णुप्रसाद देवकोटा, माओवादी केन्द्रका शेरबहादुर थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्मा, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नबहादुर शाहीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा बर्दियाले जनाएको छ। बर्दियामा एउटा वडाध्यक्ष पदको लागि निर्वाचन हुँदै छ।

विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख र उपप्रमुख १/१ तथा वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदै छ। देशैभर ३८ वटा कार्यालय स्थापना गरेको निर्वाचन आयोगले कात्तिक ३० गते बर्दियाको ठाकुरबाबा नगरपालिका ४ को कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आयोगले मंसिर २ गते मनोनयन दर्ता, ३ गते उम्मेदवारको विरोधमा उजुरी, ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको तालिका सार्वजनिक गरेको छ। उम्मेदवारी दिएपछिको तस्बिर खिचाउँदै नेपाली कांग्रेसका उम्मेदवार। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.