सप्तरीका दुई वडामा १७ जनाको मनोनयन

सप्तरीका दुई वडामा १७ जनाको मनोनयन
सुन्नुहोस्

राजविराज : स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडाको अध्यक्ष पदका लागि आइतबार स्वतन्त्र र विभिन्न पार्टीका १७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका छन् ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरी नगरपालिकाको रिक्त रहेको वडा नम्बर १ को वडाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित ९ जना र वडा नम्बर ४ मा ८ जना राजनीतिक दलले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ । 

नेपाली कांग्रेसबाट वडा नम्बर १ को वडाध्यक्ष पदमा  भुलिया देवी थरुनी र वडा नम्बर ४ को वडाध्यक्ष पदमा जोगिन्द्र राय अमातले मनोनयन दर्ता गराएका छन् । नेकपा (एमाले)बाट वडा नम्बर १ को वडाध्यक्ष पदमा भगवानी साह र वडा नम्बर ४ को वडाध्यक्ष पदमा संजयकुमार यादवले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी नेकपा (माओवादी) केन्द्रबाट वडा नम्बर १ को अध्यक्ष पदमा प्रमोदकुमार सन्त र वडा नम्बर ४ को वडाध्यक्ष पदमा भागवत रामको मनोनयन दर्ता भएको छ । जसपा नेपालबाट वडा नम्बर १ को अध्यक्षमा धीरेन्द्रकुमार साह र वडा नम्बर ४ को अध्यक्ष पदमा देवेन्द्रप्रसाद यादवले मनोनयन दर्ता गराएका छन्  । 

नागरिक उन्मुक्ति पार्टीबाट वडा नम्बर १ को वडाध्यक्ष पदमा अनरुद्वप्रसाद चौधरी र वडा नम्बर ४ को अध्यक्ष पदमा शिवकुमार रामले मनोनयन दर्ता गराएका छन् । जनमत पार्टीबाट वडा नम्बर १ को वडाध्यक्ष पदमा शैलेन्द्रकुमार साह (तेली) र वडा नम्बर ४ को वडाध्यक्ष पदमा उदय नारायण पण्डित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर १ को वडाध्यक्ष पदमा सतिशकुमार चौधरी थारू र वडा नम्बर ४ को वडाध्यक्ष पदमा रामकुमार यादवकोे उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट वडा नम्बर १ मा सुशील साह र सियाकान्त चौधरीले मनोनयन दर्ता गरेका छन् भने जनता समाजवादी पार्टीबाट वडा नम्बर ४ मा रबिन्द्र रायले मनोनयन दर्ता गरेका छन् । 

नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १ का वडाध्यक्ष ६५ वर्षीय प्रितम लाल चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष ६२ वर्षीय हरीप्रसाद रायको निधनपछि डाक्नेश्वरी नगरपालिकाको दुईवटा वडामा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ मा २ हजार ६ सय ३५ र वडा नम्बर ४ मा १ हजार २ सय ८१ कुल मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । मंसिर १६ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ सहित मधेस प्रदेशमा धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, बाराको गढीमाई नगरपालिका–८ तथा रौतहटको ईशनाथ नगरपालिका–७ र राजपुर नगरपालिका–६ गरी ७ स्थानमा उपनिर्वाचन हुन लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.