पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति जसपा नेपालद्वारा शोक व्यक्त

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति जसपा नेपालद्वारा शोक व्यक्त
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गरेको छ। सोमबार पार्टी उपाध्यक्ष राजकिशोर यादवले शोक वक्तव्य जारी गर्दै निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ। 

शोक समवेदनामा भनिएको छ, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख ८३ वर्षिय दमननाथ ढुंगानाको असामयिक निधनले जनता समाजवादी पार्टी, नेपाललाई अत्यन्तै दुःखी बनाएको छ। नेपालमा संसदीय अभ्यासको प्रवर्द्धन, मानव अधिकारको रक्षा र शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका स्व. ढुंगानाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ। स्व. ढुंगानाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा उहाँको शोकसन्तप्त परिवारप्रति धैर्य धारणको कामना गर्दै हार्दिक समवेदना अर्पण गर्दछौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.