दिल्लीको वायु प्रदूषण 'जोखिमपूर्ण', जीआरएपी-४ लागू

दिल्लीको वायु प्रदूषण 'जोखिमपूर्ण', जीआरएपी-४ लागू
सुन्नुहोस्

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि  जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। 

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द विहारमा एक्युआई ४८७ मापन गरिएको थियो। त्यस्तै पञ्जाबी बागमा एक्युआई ४९० र वहीँ द्वारमा ५०० बढी मापन गरिएको थियो। 

त्यस्तै दिल्लीकी मुख्यमन्त्री आतिशीले देशभरि परालमा आगो लगाएका कारण वायु प्रदूषण बढेको बताइन्। खुलेआम पराल जलाउँदा पनि केन्द्रीय सरकार मुकदर्शक बनेको उनको आरोप छ। पञ्जाब, हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थानलगायत प्रदेशमा परालको आगोले वायु प्रदूषण बढाएको उनले बताइन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.