धनजनताले जित्यो राष्ट्रपति रनिङ शिल्ड

धनजनताले जित्यो राष्ट्रपति रनिङ शिल्ड

बेनी : फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। 

ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो। साविक विजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र तीन रजत पदक सहित उपविजेतामा चित्त बुझाएको छ। 

चार/चार स्वर्ण, कास्य र रजत पदक जितेको ताकम मावि तेस्रो भएको धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले बताए। धनजनताले यसअघि २०७५ र २०७६ मा राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो। 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए। भलिबल र एथलेटिक्स विधाका २८ वटा खेल खेलाइएको थियो। 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उद्घाटनका अवसरमा भएको मार्चपासमा पनि पहिलो भएको धनजनताले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो। 

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गरे। 

पालिका स्तरीय प्रतियोगितामा बिजयी र छनौट भएका खेलाडीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ। भूमे आधारभूत मच्छिम र जनविकास मावि मराङ पदकविहीन भएका छन्। भूमे पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो।

प्रतियोगितामा जनकल्याण माविले दुई/दुई वटा स्वर्ण, कास्य र रजत, लमसुङ माविले एक स्वर्ण, दुई कास्य र दुई रजत, वुद्धिविकास माविले चार स्वर्ण र एक रजत, चन्द्रज्योति माविले एक कास्य र चार रजत, जनजागृति माविले एक स्वर्ण र दुई कास्य, किसानी चन्द्रकुन्ता माविले एक स्वर्ण, दुई कास्य र आठ रजत पदक जितेको छ। 

गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रत्येक विद्यालयलाई खाना तथा आवासका लागि अधिकतम ५० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियर विषयको पठनपाठन गराउँदै आएको ताकम माविले आफ्नो घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाइएको १५ सय मिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक हजार, सात सय ५० र पाँच सय नगद पुरस्कार प्रदान गरेको प्रअ ओमकार पौडेलले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.