एपीएफ र एसएसबीबीच आठौं समन्वयात्मक बैठक सम्पन्न

एपीएफ र एसएसबीबीच आठौं समन्वयात्मक बैठक सम्पन्न
सुन्नुहोस्

काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागूऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको छ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी)को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका थिए। एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए। 

यसअघि सातौं समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको यस बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका महानिर्देशक बीच सीमा सुरक्षाका विविध पक्ष बारे छलफल हुने गरेको छ।

आठौं आईजीपी एपीएफ-डीजी एसएसबी बैठक सीमापार अपराधलाई सम्बोधन गर्ने, सीमापार आवतजावत गर्ने दुवै देशका नागरिकको मर्यादित र सहज आवतजावत सुनिश्चित गर्ने र भारत र नेपालबीचको मित्रता र सहयोगको बन्धनलाई मजबुत बनाउने दृढ आपसी प्रतिबद्धताका साथ सम्पन्न भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.